१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलकाे सिटमुनिबाट साढे पाँच किलो चाँदी बरामद

वीरगन्ज– भारतबाट चोरी पैठारी गरी भित्र्याइएको साढे पाँच किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दिउँसो करिब सावा १२ बजे प्रहरीले वीरगन्जको रजतजयन्ति चोकमा पाँच किलो पाँच सय ग्राम चाँदीसहित वीरगन्ज–३ छपकैयाका बाबुलाल साहलाई पक्रेको हो।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा बाबुलाललाई चाँदीसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताए। प्रहरीका अनुसार बा २४ प १४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनको शरीरबाट र मोटरसाइलको सिटमुनि लुकाएर राखिएको अवस्थामा चाँदीका विभिन्न गरगहना बरामद भएको थियो।

सीमावर्ती भारतीय सहर रक्सौलबाट उनी आइरहेका थिए। चाँदी र मोटरसाइकलसहित बाबुलाललाई आवश्यक कारवाहीका लागि बुधबार राजस्व अनुसन्धान विभागको क्षेत्रीय कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरीक्षक साहले जानकारी दिए।

प्रकाशित: ४ फाल्गुन २०७३ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App