किमको हत्या कसले गर्‍यो? दोषी खोज्दै मलेसियाली सुरक्षाअधिरकारी

बुधबार, ०४ फागुन २०७३, १७ : ४९ एजेन्सी

मलेसिया—मलेसियाली प्रहरीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ। हत्याको वास्तविक रहस्य सार्वजनिक नभएको र विश्वभरिबाट चासोका साथ हेरिएको घटनालाई सुरक्षा अधिकारीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।

विमानस्थलमा विष खुवाएर नामको हत्या गरेको अभियोगमा मलेसिया प्रहरीले एक महिला पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पक्राउ महिलासँग भियतनामको यात्रा कागजात भेटिएको छ।

हत्याका लागि किम जोङ उनको हात रहेको छ। उनले नै हत्याका लागि निर्देशन दिएको हुनुपर्छ। यसअघि पनि नामलाई मार्ने प्रयास गरिएको थियो', एक जना दक्षिण कोरियाली सांसदले भने।

नामको हत्यामा उत्तर कोरियाली सरकारै संलग्न हुनसक्ने अनुमान अमेरिका तथा दक्षिण कोरियाले गरेका छन्। नामको ४५ वर्षको उमेरमा सोमबार मलेसियामा हत्या भएको थियो। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्।

उत्तर कोरियामा किम जोङ उन सर्वोच्च नेता बन्नु अघि उनलाई शासनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। सन् २००१ मा उनी नक्कली राहदानीमा जापान प्रवेश गर्ने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले जापानी अधिकारीहरुलाई आफू टोकियोको डिज्नेल्यान्ड घुम्न जान लागेको बताएका थिए।

किम जोङ उन सर्वोच्च नेता बन्नु अघि एक बेला उनलाई शासनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। सन् २००१ मा उनी नक्कली राहदानीमा जापान प्रवेश गर्ने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले जापानी अधिकारीहरुलाई आफू टोकियोको डिज्नेल्यान्ड घुम्न जान लागेको बताएका थिए। सो घटनापछि उनका पिताले उनलाई उत्तराधिकारीको सूचिबाट हटाएको धेरैको विश्वास छ।

चीनको संरक्षमा थिए नाम

अधिकांश समय चीनको जुवा स्वर्ग मकाओमा बस्दै आएका उनी चिनियाँ अर्थिक क्रान्तिबाट प्रभावित थिए। सन् २०११ मा उनलाई उदृत गर्दै जापानी मिडियाले उनी वंश सत्ताविरुद्ध भएको जनाएको थियो। उत्तर कोरियाको शासकीय शैली पुरानो भएको भन्दै उनले चीनको जस्तो आर्थिक नीति लागू गर्नुपर्ने धारणा राख्दै आएका थिए।

सोमबार मकाउ जानका लागि नाम मलेसियाको बजेट ट्रनिमलमा विमान पर्खिरहेका थिए। त्यही बेला एक जनाले पछाडिपट्टिबाट समाते। त्यस लगत्तै उनी बेहोस भएर लडेका थिए। विमानस्थल ट्रान्जिटमा मान्छे ढलेको देखेपछि अन्य यात्रुले प्रहरी डेस्कमा खबर गरेका थिए। नाम बेइजिङको संरक्षमा रहेको दक्षिण कोरियाको विश्वास छ। उनकी श्रीमती समेत चीन नियन्त्रित मकाउकै हुन्। नामका छोरा बेइजिङ बस्दै आएका छन्।

यसअघि पनि उनलाई बारम्बार हत्या प्रयास भएका थिए। सन् २०१२ मा दक्षिण कोरियामा पक्राउ परेका उत्तर कोरियाली जासुसले नामलाई हत्या गर्न संगठित रुपमा योजना बनाएको खुलेको थियो।

हत्या अनुसन्धान कसरी हुँदैछ?

मलेसियाली प्रहरीले विमानस्थलको सिसिटिभी फुटेज हेरेर महिला पक्राउ गरेको हो। मलेसियाली मिडियाले सार्वजनिक गरेकी महिलाले अगाडिपट्टि 'लोल' प्रिन्ट भएको सेतो टिसर्ट लगाएकी छिन्। प्रहरीले उनीसँग भियतनामी यात्रा कागजात फेला पारेको छ। प्रहरीका अनुसार सन् १९९८ मे महिना जन्ममिति रहेकी ती महिलाको वास्तविक नाम डोन थाइ ह्युङ भएको बताइएको छ। उनी भियतनामी नागरिक हुन्। प्रहरीले सिसिटिभी फुटेज जम्मा पारी सबै विदेशी नागरिकबारे छानविन गरिरहेको जनाएको छ।

नामको हत्या पछाडि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको भूमिका रहेको दक्षिण कोरिया बताउँदै आएको छ। 'यो हत्याका लागि किम जोङ उनको हात रहेको छ। उनले नै हत्याका लागि निर्देशन दिएको हुनुपर्छ। यसअघि पनि नामलाई मार्ने प्रयास गरिएको थियो', एक जना दक्षिण कोरियाली सांसदले भने।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad