१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी विद्रोह दबाउन ब्राजिलमा सेना परिचालन

रियो द जानेरियो—ब्राजिलमा सम्भाव्य प्रहरी विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई परिचालन गरिएको छ। ब्राजिली रक्षा मन्त्रालयले सो कुरा जनाएको हो। 

रकारले तलब भत्ता रोक्का गरेको बिरोध, हाल गर्नु परेको कडा परिश्रमको बिरोध र आफ्नो वृत्ति बिकासको माग गर्दै ब्राजिलमा जनपद प्रहरी तथा सैनिक (सशस्त्र) प्रहरी सेवाका जवानहरुले ड्युटिमा नजाने, ब्यारेक बाहिर ननिस्कने जस्ता अवज्ञा अभियान चलाई घुमाउरो पाराको हडताल गरिरहेका छन्। 

खटाइएका सैनिक जवानहरुले रियो दि जानेरियो सहित आसपासका नितेरोइ, साओ गोन्कालो लगायतका नगरमा अहोरात्र गस्ती गर्ने समेत आयोजित एक पत्रकार सम्मेलनमा रक्षा मन्त्री राउल जङ्गम्यानले बताए।  

ती सैनिकहरुलाई २२ फेब्रुअरीसम्मका लागि भनी खटाइए तापनि ब्राजिलको ठूलो पर्व कार्निभल फेस्टिभल समाप्त हुने अवधिसम्म सम्भवतः लम्बिन सक्ने पनि रक्षा मन्त्री जङ्गम्यानले बताए। कोपाकाबाना र इपानेमाजस्ता पर्यटकीयस्थल लगायत रियो डि जानेरोका सबैजसो प्रमुख राजमार्गहरुमा पनि सेनाले गस्ती गर्नेछ। 

सरकारले तलब भत्ता रोक्का गरेको बिरोध, हाल गर्नु परेको कडा परिश्रमको बिरोध र आफ्नो वृत्ति बिकासको माग गर्दै ब्राजिलमा जनपद प्रहरी तथा सैनिक (सशस्त्र) प्रहरी सेवाका जवानहरुले ड्युटिमा नजाने, ब्यारेक बाहिर ननिस्कने जस्ता अवज्ञा अभियान चलाई घुमाउरो पाराको हडताल गरिरहेका छन्। 

अवज्ञा अभियानले देशकै दोस्रो ठूलो महानगर रियो सहरमा सार्वजनिक सुरक्षाको स्थितिमा हाहाकार परेकाले सुरक्षाको स्थिति यथावत रुपमा मजबूत पार्न रियो राज्यका गभर्नर लुइस फर्नान्डो पेजाओले ब्राजिलका राष्ट्रपति माइकल टेमरसँग गुहार मागेका थिए। राष्ट्रपतिको आदेशमा सैनिक जवानलाई सार्वजनिक सुरक्षामा खटाइएको हो। 

आवश्यक परेमा जन,धनको रक्षा, देशको शान्ति, सुरक्षा एवं राष्ट्रिय ऐन कानूनको परिपालन गर्न, गराउन सेना तम्तयार भै बसेको पनि राष्ट्रपति कार्यालयबाट प्रकाशित एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ४ फाल्गुन २०७३ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App