१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गर्भावस्थामा दौडिनु कति सुरक्षित?

अधिकांश महिला खेलाडी गर्भावस्थामा तालिम लिइरहेका हुन्छन्, प्रतियोगितामा भिडिरहेका हुन्छन्। गएको वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले गरेको एउटा अध्ययनले के देखाएको छ भने गर्भावस्थामा दौडिनु र तालिम लिनु जति खतरनाक ठानिन्थ्यो, उति खतरा छैन।

सन् १९८३ मा नर्वेको धाविका इनग्रिड क्रिस्टियानसेनले बेलायतमा वर्ल्ड क्रस कन्ट्री च्याम्पियनसीपमा भाग लिइन् र ३५ औँ नम्बरमा रहिन्। यसअघि केही साता पहिलेदेखि उनले थाकेको महसुस गरिरहेकी थिइन्। त्यसअघि पनि उनले ह्युस्टन म्याराथनमा पहिलो भएकी थिइन्। ह्युस्टन म्याराथनको केही दिनमा नै उनले चाल पाइन्, उनको गर्भमा पाँच महिने सन्तान छ। उनी चकित भइन्, ह्युस्टन म्याराथनका बेलामा उनी गर्भवती भइसकेकी रहिछन्!

प्रायः महिला एथलेटको महिनाबारी अनियमित हुन्छ। त्यसैले उनले आफ्नो गर्भावस्थाबारे उनले चाल पाउन सकिनन्। त्यसो त एक आँकडाअनुसार १७ महिला खेलाडीले गर्भ बोकेरै ओलम्पिकमा सहभागिता जनाइसकेका छन्।

सन् २०१२ मा मलेसियाली सुटर नूर सुरयानी ताइनीले लन्डन ओलम्पिकमा भाग लिएकी थिइन्। उनको आठ महिने गर्भे शरीर र हातमा एयर राइफलयुक्त तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो।

६ पटक ओलम्पिक च्याम्पियन रहिसकेकी स्की खेलाडी मारिज जोर्गेनले एउटा तालिम क्याम्पमा अभ्यासरत रहँदा बल्ल उनले आफू गर्भवती भएको चाल पाएकी थिइन्।

सन् २०१४ ताका अमेरिकी सञ्चार माध्यममा एलिसिया मोन्टानोको तस्बिर पनि चर्चित भएको थियो। फिल्ड च्याम्पियन रहिसकेकी उनी अमेरिकी ट्र्याक दौडका लागि ८ सय मिटरको क्वार्टरफाइनलमा भाग लिइरहेका बेला उनी गर्भवती रहेको सर्वसाधारणले चाल पाएका थिए।

प्रश्न के हो भने गर्भावस्थामा प्रतियोगितामा भाग लिनु कति सुरक्षित हुन्छ? आइओसीको अध्ययनलाई ब्रिटिस जर्नल अफ स्पोर्टस मेडिसिनले प्रकाशित गरेको थियो। सो शोधपत्र लेख्ने विशेषज्ञ नर्वेजियन स्कुल अफ स्पोर्ट्स साइन्सका प्राध्यापक कारी बो भन्छिन्, ‘मेरो शोधले के देखायो भने गर्भावस्थामा गरिने शारीरिक श्रमले खासै नकारात्मक असर देखाउँदैन।’ तर के पनि देखियो भने सर्वसाधारण महिलाझैँ खेलाडी महिलालाई पनि गर्भावस्थामा हुने समस्या रहन्छ नै।

प्राचीन कालदेखि नै गर्भवती महिलाले शारीरिक श्रमलाई छाड्नु हुन्न भनी जोड दिइँदै आएको छ। यो जोड उति वैज्ञानिक नभएको बोको धारणा छ।

सन् १९८० को दशकमा शोधकर्ताले शारीरिक श्रम गर्दा जति अक्सिजन, रक्त सञ्चार, पोषण र तापमान आवश्यक पर्छ, उति नै झैँ भ्र्रूणलाई पनि आवश्यक हुन्छ। त्यसैले महिलाले श्रम गर्छन् भने उनीहरुको शरीरलाई बढी अक्सिजन र पोषण चाहिन्छ। शरीरलाई बढी पोषण जाँदा गर्भे शिशुले पाउने पोषण अवरुद्ध हुन जान्छ।

तर बो के पनि भन्छिन् भने, ‘खेलाडीको शरीरमा रक्तसञ्चार निकै राम्रो हुन्छ र त्यही कारण गर्भे शिशुले पर्याप्त पोषण पाउँछन्।’

गर्भावस्थाका महिलाको शरीरको तापक्रम र मुटुको अवस्था राम्रो हुन्छ। हार्मोनमा आउने परिवर्तनका कारण उनीहरुको शरीरमा लचकता बढ्छ र रातो रक्तकोषिकाको संख्या बढ्न थाल्छ। अर्थात् यस्तो अवस्थामा शरीरमा बढीभन्दा बढी अक्सिजन सञ्चित हुन थाल्छ।

अध्ययनअनुसार, जो खेलाडी गर्भावस्थामा पनि र यसपछि पनि तालिम लिन्छन्, तिनले शिशु जन्माइसकेपछिका केही महिनामा ५ देखि १० प्रतिशत बढी अक्सिजन आवश्यक पर्छ। शरीरमा अक्सिजनको मात्रा कम भएको चाल पाउनेबित्तिकै त्यस्ता खेलाडी महिलाले आफ्नो शारीरिक गतिविधि कम गर्नुपर्छ।

बिबिसी

प्रकाशित: २ फाल्गुन २०७३ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App