१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हजारौं हिन्दूले मनाए मलेसियामा 'थाइपुसाम'

बटु क्याभेस् (मलेसिया)—मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्यधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिए। 

थाइपुसामको पूजाका लागि भक्तालुहरुले विशेष तरिकाले दैनिक पूजा गर्ने गर्दछन्। त्यति बेला उनीहरुले एक हप्तासम्म यौन सम्पर्क नगर्ने र साकाहारी खाना खाने गर्दछन्। 

माता पार्वतीका छोरा मुर्गान (त्यहाँको भाषामा पार्वतीका छोरा कुमारलाई मुर्गान भनिन्छ)ले लडाइँ गरेर दानव सत्रुलाई पराजित गरेको सम्झनामा थाइपुसाम पर्व मनाउने गरिन्छ। तमिल हिन्दू धर्मावलम्वी ब्रतालुले हातहतियार, दुध र नरिवलसहितका सामग्रीहरु लिएर खालीखुट्टा २७२ पाइला हिँडेर मन्दीरमा जाने गर्दछन्। 

थाइपुसामको पूजाका लागि भक्तालुहरुले विशेष तरिकाले दैनिक पूजा गर्ने गर्दछन्। त्यति बेला उनीहरुले एक हप्तासम्म यौन सम्पर्क नगर्ने र साकाहारी खाना खाने गर्दछन्। 

मेरो कुनै छुट्टै र विशेष माग छैन, केबल पूजाका लागि मात्रै आएको हूँ, थाइपुसम पर्व मनाइरहेकी इया भाल्मुन्दीले भनिन्। मलेसियामा झण्डै तीन करोड १० लाख व्यक्ति मुस्लिम छन्। त्यस बाहेक देशभरीमा झन्डै बीस लाख आदीवासी भारतीयमूलका बासिन्दा रहेका छन्। 

उनीहरु अधिकांश तत्कालिन ब्रिटीस उपनिवेशका शासकले भारतमा शासन गरेका बेला कामदारको रुपमा मलेसिया ल्याइएका हुन्। 

भगवान मुरुगानलाई भारतको दक्षिणी क्षेत्रमा र दक्षिणपूर्वी एसियाका तमिलहरुले पूजा गर्ने गर्दछन्। थाइपुसाम पर्व मलेसिया बाहेक भारत र सिङगापुरमा मनाउने गरिन्छ। रासस/एएफपी

प्रकाशित: २८ माघ २०७३ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App