१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उन र ट्रम्पको चुम्बन !

अमेरिका र उत्तर कोरिया एकअर्काका शत्रु हुन् । यी देशका शासक एकअर्कालाई देखिसहँदैनन् । यति हुँदाहुँदै पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उनले सडकमा हात समाउँदै हिँड्नेदेखि एकअर्कालाई चुम्नेसम्म गरेका छन् ।

हङकङको व्यस्त बजारमा यी दुई नेता मिल्ने साथीझैँ गरी एकअर्कासँग जिस्किँदै हिँडिरहेको देखेपछि बटुवाहरूको आश्चर्यको सीमा रहेन । केही बेरपछि यी दुई नेताले एकअर्कालाई चुम्बन गरे । चकित परेका बटुवाहरू मोबाइलबाट धमाधम फोटो खिच्न लागे ।

तर, ती वास्तवमा ट्रम्प र उन थिएनन् । उनीहरूको जस्तै जीउडाल र वेशभूषा भएका दुई कलाकारले सडकमा त्यस्तो नाटक गरेका थिए । ट्रम्प बन्ने व्यक्तिको नाम हवार्ड रहेको र किम बन्नेको नाम डेनिस एलान रहेको बताइएको छ । हवार्ड अस्ट्रेलियन र डेनिस अमेरिकी नागरिक हुन् ।

प्रकाशित: २८ माघ २०७३ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App