१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय चुनाव गरेर संविधान संशोधनः महामन्त्री कोइराला

उदयपुर– नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले मधेसको माग पूरा गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्। पार्टीको उदयपुर २ नम्बर क्षेत्रीय समितिको आयोजनामा गाईघाटमा बिहीबार सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले मधेसको माग पूरा गराएर छाड्ने प्रतिबद्धता जनाए।

‘मधेसका माग पूरा हुन्छ, त्यो पूरा गर्न कुनै कन्जुस्याईं गर्न पनि हुँदैन,’ उनले भने ‘यो आवश्यक छ, त्यसैले नेपाली कांग्रेसले उनीहरुको माग पूरा गराउन कुर्ने कन्जुस्याईं गर्दैन।’ संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पनि पारित गर्न आवश्यक रहेको उनको भनाई थियो। त्यसका लागि अंक गणितको हिसाबले पनि विधेयक पारित हुने अवस्था रहेको उनको भनाई थियो।

‘संशोधन विधेयक पारित गर्ने अंक गणित हामीसँग छ, त्यसैले पारित हुन्छ, यसमा कसैले कुनै दुविधा नलिए हुन्छ।’ तर, संविधान संशोधनअघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए । अहिले नयाँ संविधानको कार्यान्वयन गराउनुपर्ने अवस्था रहेको र त्यसका लागि स्थानीय तहको चुनाव गर्नुपर्ने भएकलो पहिले चुनाव गराउनुपर्ने उनको भनाई थियो । ‘संशोधन पनि गरौं, चुनाव पनि गरौं’ कोईरालाले भने ‘तर, पहिले चुनाव गराउने अनि संविधान संशोधन गर्ने काम गर्दा राम्रो हुन्छ ।’

कोइरालाले जनमत सग्रहमार्फत नेपालमा हिन्दु राष्ट्र राख्ने नराख्ने भन्ने कुराको छिनोफानो गर्नुपर्ने पनि बताए । कतिपय नेपालीहरुमा हिन्दु राष्ट्रबारे चासो बढेको पाइएको भन्दै उनले त्यसको टुंगो लगाउन जनमत संग्रह गर्नुपर्ने बताए । तर, जनमत संग्रहमा जाने नजाने भन्ने कुरा दलीय सहमतिमा टुंगो लगाउनुपर्ने उनको भनाई थियो । दलीय सहमति अनुसार मात्र जनमत संग्रह गर्नुपर्ने भन्दै कोईरालाले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भईसकेकाले यसबारे पहिले दलहरुबीच छलफल चलाउनुपर्ने बताए ।

‘कतिपयलाई हिन्दु राष्ट्रबारे अहिले चासो बढिरहेको देखिएको छ’ कोइरालाले भने ‘नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भईसकेको कुरा संविधानमै उल्लेख भईसककाले अव हिन्दु राष्ट्रको विषयलाई जनमत संग्रहमा लगेर मात्र टुंगो लगाउँदा राम्रो हुन्छ ।’

प्रकाशित: २७ माघ २०७३ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App