१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

अधिवेशनस्थलमा उम्मेदवारहरुको प्रचार ब्यानर । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो। जिल्ला सभापति, सचिव, कोषाअध्यक्ष र २५ जना जिल्ला समिति सदस्य अधिवेशनले चयन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले बताए ।

जिल्ला सभापति, सचिव, कोषाध्यक्ष र २५ जना जिल्ला समिति सदस्य अधिवेशनले चयन गर्नेक अधिवक्ता कोइरालाले बताए। जिल्ला सभापतिका उम्मेदवारमा अजयकुमार द्विवेदी, पर्सा जिल्ला विकास समितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्री र पाँच नम्बर क्षेत्रका पूर्व क्षेत्रीय सभापति वशिष्ठनारायण कुर्मी रहेका छन्। यो जिल्ला अधिवेशनले अघिल्लो सबै समिकरण भत्काई दिएको काँग्रेसको भातृसंगठन तरुण दल पर्साका अध्यक्ष विरेन्द्र यादवले बताए। त्यसतै यो अधिवेशनले नयाँ पुस्तालाई काँग्रेसको जिल्ला राजनीतिमका अगाडि ल्याएको उम्मेदवारीको हिसाबले विश्लेषण गरिएको छ।

बिवाद कै कारण पर्सामा पटकपटक अधिवेशन सर्दै आएको केइरालाले बताए । उनले पार्टीको केन्द्रीय नेतृत्व तहले नै अडान लिएपछि यसपाली अधिवेशन हुन सम्भव भएको बताए। जिल्ला राजनीतिको यसअधिका तालमेललहरु भने यस अधिवेशनमा पटेलले भनेजस्तै बिग्र्रीएर नयाँ जोडघटाउ देखिएको छ । संसदिय निर्वाचनहरुमा लागातार सबै निर्वाचन क्षेत्रहरुमा पार्टीको जित दोह्रिएपछि कुनै बेला ‘काँग्रेको गढ’ भनिएको पर्सामा गत संविधानसभाको निर्वाचनमा काँग्रेसले आन्तरिक द्वन्द र अन्तरघातले गर्दा पाँचमध्ये ३ सिटमा हार बेहोर्नु परेको विश्लेषण गरिन्छ । सो निर्वाचनताका सुरु भएको पार्टीका स्थानीय नेताहरुविचको ध्रुवीकरणले जिल्ला अधिवेशनमा आएर नायाँ स्वरुप लिएको छ ।  

१२ औं जिल्ला अधिवेशनमा संस्थापन र देउवा पक्ष गरी दुई खेमाको प्रतिस्पर्धामा संस्थापनका पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले अपत्यारिलो जित हासिल गरे । त्यतिबेला पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर आमात्यको सहयोगमा उनी सभापति जिते। गत संविधानसभाको निर्वाचनमा पनि चौधरी र अमात्य मात्र जित्न सफल भए । यसपालीको क्षेत्रीय अधिवेशनहरुबाट जिल्लाको पचास माहाधीवेशन प्रतिनिधीमा देउवा पक्षले ४५ लिदिएपछि संस्थापनले पर्सामा पकड गुमाएको बिश्लेषण गरियो । विश्लेषण गरिएजस्तै संस्थापन पक्षबाट पर्सामा यसपाली कोही उम्मेदवार पनि हुन सकेन् । अर्कोतिर देउवा पक्षबाट नै तीन जना उम्मेदवार भएपछि त्यो खेमा बिभाजित भएको छ ।

१२ औं जिल्ला अधिवेसनमा जित हात पार्न सफल भएको जोडी चौधरी र आमात्य बेग्लाबेग्लै दुईतिर लागेर आफ्नो राजनीति जोगाइरहेका छन् । पार्टी केन्द्रीय सदस्य रमेश रिजालले अगाडी सारेको उम्मेदवार कुर्मीलाई सघाउन चौधरीले कम्मर केसेका छन् भने र आमात्य द्विवेदीको समुहको प्रचारमा जुटेको देखिए। द्विवेदीलाई अर्का केन्द्रीय सदस्य अजय चौरसियाको साथ र समर्थन सुरुदेखि नै छ ।

पार्टीका केही पुराना नेताहरु र दोस्रो तहका नेताहरुलाई समेटेर देउवा पक्षका अर्का उम्मेदवार क्षेत्रीले खडा गरेको समुहले दुबैतिर टक्कर दिँदैछ । कोइरालाका अनुसार बिहीबारको मतदानमा ९ सय १५ मत खसेको छ । पहिलो चरणमा कुनै एउटा उम्मृेदवारले ५१ प्रतिशत नल्याए बढी मत ल्याउने दुईमा अर्को प्रतिस्पर्धा हुनेछ । ‘आज (विहीवार)को अधिवेशनले नेतृत्व चयन नहुने अनुमान छ, यसले सभापपति पदको लागि मुख्य दुई प्रतिस्पर्धी किटान मात्र गर्ने हो,’ काँग्रेसका एक मतदाताले भने, ‘दोस्रो मतदान भयो भने खेलको स्वरुप फेरी बदलिने छ ।’

 

प्रकाशित: २७ माघ २०७३ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App