१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भोजमा दुई पक्षबीच झडप, हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एकको मृत्यु

सिन्धुपाल्चोक— जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। घटनामा गम्भीर घाइते भएका तीन जनालाई आफन्तले हेलिकोप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएकोमा एक जनाको मृत्यु भएको हो।

'झडपमा घाइते भएर ल्याइएका तीन मध्ये साङबहादुर तामाङ, वर्ष ३१ को मृत्यु भएको छ', शिक्षण अस्पताल आकस्मिक कक्षका डा.लक्ष्मण भुषालले नागरिकन्युजसँग भने, 'सोही उमेरका बाँकी दुई जनाको अवस्था गम्भीर छ।'

साङबहादुर तामाङ, ३१ को मृत्यु भएको शिक्षण अस्पतालले पुष्टि गरेको छ। 'झडपमा घाइते भएर ल्याइएका तीन मध्ये साङबहादुर तामाङ, वर्ष ३१ को मृत्यु भएको छ', शिक्षण अस्पताल आकस्मिक कक्षका डा.लक्ष्मण भुषालले नागरिकन्युजसँग भने, 'सोही उमेरका बाँकी दुई जनाको अवस्था गम्भीर छ।'

शिक्षण अस्पतालमा उपचार गराइरहेकाहरुमा साइला र जंग तामाङ छन्।

छेवर (ब्रतवन्ध) भोजका निम्तालुबीच विवादपछि झडप भएको हो। झडपमा कूल चार जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले बताए।

'पुरानो रिसइबीले झगडा भएको बुझिन्छ। घाइते तीन जनालाई आफन्तले हेलिकोप्टरबाट काठमाडौं लगेका छन्। सामान्य घाइते वीरबहादुरको खाँडीचउरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ।' 

भोज खाएर फर्किने क्रममा साँझ ४ बजेतिर झडप भएको थियो। मदिरा सेवन गरेका कारण झडप भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ माघ २०७३ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App