१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन रक्षकका हत्या अभियुक्तहरुलाई अदालतको थुनछेक आदेश

वन रक्षक गणेशबहादुर शाहीको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका अभियुक्त ६ जनालाई अदालतले थुनछेक आदेश जारी गरेपछि बिहिवार साँझ अदालतबाट कारागारतर्फ लैजानुु अघि। तस्बिरः खगेन्द्र अधिकारी

ताप्लेजुङ– जिल्ला अदालत ताप्लेजुुङले महिना दिनअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका ६ अभियुक्तबिरुद्ध थुनछेक आदेश जारी गरेको छ। आदेशसँगै सविनसहितका ६ जना बिहीवार कारागार चलान भएका छन्।

जिल्ला न्यायाधीश अशोकुमार बस्नेतको इजलासबाट खोक्लिङ ८ का सविनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

प्रहरीले सविनसहितका १५ जनालाई अनुसन्धानका लागि भन्दै यसअघि देखि नै नियन्त्रणमा राखेको थियो। जिल्ला अदालतका कर्मचारी डिबी तामाङका अनुसार सविनले बैठकका लागि भन्दै बोलाएर उपस्थित भएका ६ जनालाई पुर्पक्षमा राखी अनुसन्धान गर्न अदालतले आदेश गरेको हो।

सामुदायिक वनको स्रोत सर्वेक्षणका लागि भन्दै बोलाएर वन रक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त मानिएका सविनसहित १५ जनालाई निगारानीमा राखेर अनुसन्धान गर्दै आएको थियो।

यी मध्ये सविनले खुुकुरी खोसेका भनिएका दावासमेत पुुपक्र्षमा तानिएका छन्। प्रहरीले यसअघि नै सविनलाई घटनाको मुख्य अभियुक्त मान्दै आएको छ। प्रहरी नियन्त्रणमा रहेका मध्ये अदालतले खोक्लिङ ८ का पूर्णबहादुर लिम्बुुलाई मात्र सादा तारेखमा छाडेको छ। अदालतका कर्मचारी तामाङका अनुसार प्रहरीले घटनाको अनुसन्धानका क्रममा पक्राउ गरेका मध्ये तोयानाथ लिम्बूलाई ५० हजार धरौटी माग गरेको छ। यस्तै बिष्णुुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरेको छ।

ताप्लेजुङ हाङदेवा घर भई खोक्लिङ बस्दै आएका रामबहादुर लिम्बू, देउकला मादेन लिम्बु र रिया भनिने सोनिसा लिम्बुलाई समेत अदालतले जनही ४० हजार रुपैयाँ धरौटी माग गरेको छ। जाजरकोटको दशेरा गाविस–८ घर भई दुईवर्षदेखि वन रक्षकमा कार्यरत शाहीको गएको पुष १७ गते कार्य स्थलमै विभत्स हत्या भएको थियो।

खोक्लिङको ओइराखुस्थित बाघथला सामुुदायिक वन समुहले सामुुदायिक वनको स्रोत सर्वेक्षणका लागि आइदिन जिल्ला वन कार्यालयमा लेखेको पत्रपछि वन कार्यालयले शाहीलाई त्यस कामका लागि खोक्लिङ पठाएको थियो। निजी र सामुुदायिक वनको विवादमा सहजीकरण गरिरहेका शाहीमाथि स्थानीय सविन लिम्बूले बैठक स्थलमा उपस्थित भएका दावाको  खुकुुरी झिकेर प्रहार गरेको प्रहरीको बुुझाइ छ।  

भाग्दै गरेका शाहीलाई लेखेटीलखेटी मार्दासमेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यसबिरुद्ध निगारानी बढाएको जनाएको थियो।

प्रकाशित: २० माघ २०७३ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App