१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

प्रधानमन्त्रीले प्रतिकार गर्नुस् भन्न मिल्दैन: अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर बोल्न सुझाव दिएका छन्। एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले उग्र कुरा गर्न नसुहाउने बताए।

'हामी प्रतिपक्षी हौं हामीले चर्का कुरा गरेका छैनौ,  अध्यक्ष ओलीले भने 'प्रधानमन्त्रीले चर्का कुरा गरेको सुहाँउँदैन।' प्रधानमन्त्री दाहालले मंगलबार वाइसिएललाई प्रतिकारमा उत्रन निर्देशन दिएका थिए।

सरकारलाई एमालेले आउनुस् भिडौं भनेर नभनेको बताउँदै उनले प्रधानमन्त्रीको पदबाट प्रतिकारमा जानुस् भनेर भन्न नमिल्ने बताए।

सरकारलाई एमालेले आउनुस् भिडौं भनेर नभनेको बताउँदै उनले प्रधानमन्त्रीको पदबाट प्रतिकारमा जानुस् भनेर भन्न नमिल्ने बताए।

राष्ट्रवादका कारण लुटेर खान पाइदैन भन्ने चिन्ताले माओवादीलाई सताएको ओलीले बताए। राष्ट्रवादलाई उग्रवादले जित्न नसक्ने उनको भनाई छ।  

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बहादुर सरकार संसारमै नरहेको भन्दै ब्यंग गरे। लेखा समितिमा सत्ता पक्षको सभापति हुने चलन संसारमै नभए पनि नेपालमा त्यस्तो भएको उनले बताए। लेखा समितिमा माओवदी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका थिए। प्रतिपक्षीको ठाउँ पनि आफै लिएको भन्दै उनले भने, ' एमालेलाई किन प्रतिपक्षी बनाउनु पर्‍यो। एउटा प्रतिपक्षी माओवादीले आफैले बनाए हुन्छ।'

प्रकाशित: १९ माघ २०७३ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App