१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिमपहिरोमा १४ भारतीय सेनाको मृत्यु

भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ। हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ।

चार जना भारतीय सैनिकको थप शव शुक्रबार निकालेपछि सो सङ्ख्या १४ पुगेको बताइएको छ।

चार जना भारतीय सैनिकको थप शव शुक्रबार निकालेपछि सो सङ्ख्या १४ पुगेको बताइएको छ। भारतीय सैनिक कर्णेल राजेश कालियाका हिमपहिरो गएको स्थानहरुबाट बिहीबारबाट नै उद्धारकार्य सुरु गरिएको थियो।

छुट्टाछुट्टै स्थानमा रहेको सैनिक चौकीहरुमा बुधबार रातिबाट गएको यस हिमपहिरोमा परी कम्ती २१ भारतीय सैनिक पुरिएका थिए। तीमध्ये सात जनालाई भने जीवितै उद्धार गरिएको थियो। हिमपहिरो र पहिरो काश्मिरमा एक साधारण घटनाको रुपमा लिइन्छ।

जसको कारण सीमा रेखामा रहेका भारतीय र पाकिस्तानी सैनिक ठूलो सङ्ख्यामा ज्यान गुमाउने गरेका छन्।

गत वर्ष भारत अधिनस्थ काश्मिरमा छुट्टाछुट्टै इलाकामा गएको दुई वटा हिमपहिरोमा परी कम्तीमा १४ सैनिकको मृत्यु भएको थियो। त्यसैगरी पाकिस्तान नियन्त्रित काश्मिरमा सन् २०१२ मा गएको भीषण हिमपहिरोमा कम्तीमा १४० व्यक्तिको मृत्यु भएको थियो। त्यसमा १२९ जना पाकिस्तानी सैनिक रहेका थिए।

प्रकाशित: १४ माघ २०७३ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App