प्रधानमन्त्रीले देश लोडसेडिङ मुक्त भन्दै भाषण गर्दा विद्युत् आपूर्ति बन्द

बिहिबार, १३ माघ २०७३, १९ : ०५ छविलाल तिवारी

पर्वत— विद्युत् उत्पादनका दृष्टिले पर्वत जिल्ला सम्पन्न मानिन्छ। यहाँ तीन वटा जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन भइरहेकाे छ भने बाँकी तीन वटा आयोजना निर्माणाधीन छन्। अन्यत्र १४ घण्टा लोडसेडिङ हुँदा समेत उज्यालो पाउने पर्वतका जनता आफूलाई भाग्यमानी नै ठान्छन्।

पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् अापूर्ति बन्द भयो। 

बोल्ने बेलामा बिद्युत काटिएपछि प्रधानमन्त्री दाहाल केही समय उभिइरहे। पर्वत जिल्लाको विकासका सम्भावना र पर्वतका ब्यवसायी तथा राजनीतिक दलले राखेका विकासे माग सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल देशैभर लोडसेडिङमुक्त गराउने बिषयमा बोल्न थालेका थिए। त्यहीबेला विद्युत् आपूर्ति बन्द हुन पुग्यो। त्यसपछि प्रधानमन्त्री दाहाल माइक अगाडि केही बेर उभिइरहे। निकैबेर नआएपछि उनी फर्किएर आफ्नो सिटमा गएर बसे।

नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले २४ सै घण्टा विद्युतको ग्यारेन्टी गर्दै आएको छ। महोत्सव आयोजकले वैकल्पिक व्यवस्थाका लागि जेनेरेटर पनि राखेका थिए। तर त्यसको चुस्त व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्रीको मन्तव्य अवरुद्ध भयो। प्रमुख अतिथिकै बेलामा विद्युत् आपूर्तिमा समस्या आएपछि आयोजकहरुको दौडादौड भएको थियो।

करिब ७ मिनेटपछि जेनेरेटरबाट विद्युत आपूर्ति भएपछि प्रधानमन्त्री फेरि बसेको सिटबाट भाषण गर्न उठेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad