१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यस्तो छ ट्रम्पको एक हप्ते कार्यतालिका

वाशिङगटन–संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल ह्वाइट हाउसमा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
पदवहालीको पहिलो हप्ता ट्रम्प महत्वपूर्ण भेटघाटमा व्यस्त हुनेछन् । निर्वाचन अभियानको क्रममा उनले वचनबद्धता प्रकट गरेका महत्वाकांक्षी कार्यसूचीहरू कार्यान्वयनमा ल्याउन पनि आजदेखि नै प्रक्रिया सुरु गरिएको उनले ट्वीटरमार्फत् सार्वजनिक जानकारी दिनुभएको छ ।

उनले सर्वप्रथम रिपब्लिकन तथा डेमोक्र्याट दुवै पार्टीका अमेरिकी राष्ट्रिय कंग्रेसका नेताहरूसँग बैठक गर्नेछन् ।   सोमबार बिहान सबेरै उनले लेखेको ट्विटमा राष्ट्रमा रोजगारीको अवसर सिर्जना र विश्वसनीय राष्ट्रिय सुरक्षाको चिन्तन मुख्य प्राथमिकता रहने बताएका छन् ।   साथै, रोजगारीको अवसर सिर्जना गर्ने प्रयोजनबस उनले अमेरिकी उद्योग, उत्पादन तथा वाणिज्य क्षेत्रका ठूला उद्यमी तथा व्यवसायीहरूलाई पनि छलफलका लागि सोमबार नै ह्वाइट हाउसमा आमन्त्रण गरेका थिए ।

उनीहरूले प्रस्तुत गर्ने धारणा, विचार तथा सुझावहरू ध्यानपूर्वक सुन्ने तथा निचोड र तथ्यको चिन्तन गरिने पनि जनाइएको छ ।     त्यसपछि, युनियनका नेता तथा कर्मचारीहरूले आ–आफ्ना कुरा राख्ने बैठक चल्नेछ । अपराह्नमा, कँग्रेसका केही खास खास नेताहरूसँग बैठक बसी स्वास्थ्य रक्षा (हेल्थ केयर) सम्बन्धी नयाँ तथा परिमार्जित व्यवस्था र अन्य लक्ष्यहरूका सम्बन्धमा पनि गहन छलफल गरिनेछ ।

त्यस्तै, औपचारिक राष्ट्रपतिका हैसियतमा अमेरिकी कंग्रेसका सभामुख पल ¥यानसँग ट्रम्पले एकल संवाल गर्ने कार्यक्रम रहेको छ ।     ट्रम्पले आउँदा दिनमा रिपब्लिकन सांसदद्वारा हप्ताको पछिल्लो दिन फिलाडेल्फियामा उनको सम्मानमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने  लगत्तै बेलायती प्रधानमन्त्री टेरेसा मेसँग औपचारिक भेटघाट एवम् छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।

टिपिपीबाट बाहिरियो अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा व्यापार सम्झौता टिपिपी (ट्रान्स प्यासिफिक पार्टनरशिपं)बाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन् । उनले चुनावी अभियानताका नै अमेरिकीमा रोजगारी सृजनाका लागि सम्झौता बाधक भएको बताउँदै आएका थिए । उनको निर्णयसँगै अमेरिका प्रशान्त महासागरले छोएका देशहरुसँगको खुल्ला व्यापार सम्झौताबाट बाहिरिने भएको छ ।  

१२ राष्ट्र सम्मिलित उक्त व्यापार सम्झौता पूर्व राष्ट्रपति बाराक ओबामाको महत्वपूर्ण एसिया नीति मानिएको थियो । सम्झौता तोड्ने निर्णयमा हस्ताक्षर गरेसँगै ट्रम्पले यो सोमबार अमेरिकी श्रमिकहरुका लागि महान दिन भएको  बताएका थिए ।
विभाजित अमेरिकी संसदले सम्झौतालाई अनुमोदन नगरिसकेकाले ट्रम्पको कार्यकारी आदेश धेरै हदसम्म सांकेतिक मानिएको छ ।
राष्ट्रपतिका प्रवक्ता शन स्पाइसर बहुराष्ट्रिय सम्झौता अमेरिकाको हितमा नभएको बताएका थिए । उनले सरकार  व्यापार नीतिलाई बलियो बनाउन चिन्तित रहेको बताए ।
ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा टिपिपि सम्झौताले अमेरिकी उत्पादनलाई असर गरेको तर्क गर्दै त्यो देशका लागि सम्भावित संकट भएको भनि आलोचना गरेका थिए ।
उक्त सम्झौताले विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा समेट्छ जुन सम्झौताका लागि अमेरिका, जापान, मलेसिया, अष्ट्रेलिया, न्यूजिल्यान्ड, क्यानडा र मेक्सिकोसहितका देशहरुले सन् २०१५ मा वार्ता गरेका थिए ।

सन् २०१६ को फेब्रुअरीमा सम्झौता भएको टिपिपिको घोषित उद्देश्य शुल्क घटाउने, आर्थिक सम्बन्ध बलियो बनाउने र बृद्धिलाई बढावा दिने थियो । जसमा श्रम लागू, वातावरणीय मापदण्ड, प्रतिलिपि अधिकार र अन्य कानुनी संरक्षणहरुका उपाय समावेश गरिएका छन् । यो सम्झौतालाई अमेरिकी व्यापारिक क्षेत्रले व्यापक रुपमा समर्थन गरेको थियो ।

प्रकाशित: १२ माघ २०७३ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App