१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रियोको पानीमा सुपर ब्याक्टेरिया भेटियो

रियो दि जेनेरीयो –ब्राजिलका वैज्ञानिकको एक समूहले आफूहरुले रियो दि जेनेरीयोको समुन्द्र तटका किनारामा रहेको पानीमा सुपर ब्याक्टेरिया फेला पारेको बताएका छन्।अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ओलम्पिक खेल सुरु हुनु ठिक एक महिना पहिले  वैज्ञानिकले औषधि प्रतिरोधी किटाणु फेला पारेको बताएका हुन्।

उक्त अनुसन्धानमा सामेल एक वैज्ञानिक रेनाटो पिकाओले स्थानीय अस्पतालबाट निस्कने फोहोरको ढल नदी किनारामा मिसाएसँगै  किटाणु पानीमा प्रवेश गरेको बताएकी छन्। उनले आफूहरुले विगत एक वर्षदेखि ब्राजिलका विभिन्न पाँच समुद«हरुमा सुपर ब्याक्टेरिया भए नभएको भनी अध्ययन गरेको बताइन्।

संचारमाध्यमसँग कुरा गर्दैै उनले आफूहरुले सुपर ब्याक्टिेरियासँगै अन्य खतरनाक किटाणुहरु फेला पारेको र ती सवैको मुख्य कारण प्रदुषण भएका बताइन्। रियो ओलम्पकका लागि खेलप्रेमीहरु रियो आउने तयारी गरिरहँदा यस्तो समाचार बाहिर आएको हो।

 

प्रकाशित: २१ असार २०७३ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App