१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सबै संक्रमितको अवस्था सामान्य

दिलबहादुुर छत्याल/पवित्रा सुनार
धनगढी/काठमाडौं  - कोरोना भाइरसबाट संक्रमित आठजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। नेपालमा हालसम्म नौजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजना निको भइसकेका छन्।

संक्रमितमध्ये चारजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।सुदूरपश्चिमका पहिलो संक्रमित दुबईबाट फर्केका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवक दुई सातादेखि उक्त अस्पतालमा उपचाररत छन्। उनकै ३४ वर्षीयाभाउजू, कैलालीको लम्की चुहा नगरपालिका ९ का २१ वर्षीय युवक र कञ्चनपुरकोवेदकोट नगरपालिका१० का ४१ वर्षीय पुरुषकोपनि चैत २२ देखि सोहीस् अस्पतालमा उपचार भइरहेको छ। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको औषधि अहिलेसम्म पत्ता लागेको छैन। तर पनि छिमेकी मुलुक भारत,संक्रमण धेरै फैलिएको अमेरिकालगायतले कोरोना संक्रमित बिरामीलाई विभिन्न औषधि प्रयोग गरिरहेका छन्। नेपालमा भने कोरोना संक्रमण देखिएका बिरामीलाई कुनै औषधी प्रयोग गर्ने भन्ने गाइड लाइन अझैसम्म बनेको छैन।

कोरोना संक्रमण भएका मध्ये ८० प्रतिशतमा सामान्य लक्षण देखिन्छ र निको हुन्छ।१० देखि १५ प्रतिशतमा केही बढी समस्या देखिन्छ भने पाँच प्रतिशतलाई मात्र भेन्टिलेटरबाट कृत्रिम श्वास दिनुपर्ने हुन्छ।
 

‘कोरोना (कोभिड–१९) को औषधि पत्ता लागेको छैन तर पनि विभिन्न अनुसन्धानले केही औषधिको प्रयोगले मृत्युदर घटाएको देखाएका छन्,’सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष विभाग प्रमुख तथा संक्रमितको उपचारमा संलग्न चिकित्सक जगदीश जोशीले भने,‘हामीले पनि संक्रमितको उपचारमा उपयोगी औषधिप्रयोग गर्नेछौं।’अवस्था जटिल बने मलेरिया रबाथरोगमा उपयोगी औषधी प्रयोग गरिने उनको भनाइ छ।

सेती अस्पतालमा उपचाररत चारजनाकै अवस्था सामान्य भएकाले अहिले भने कुनै औषधि प्रयोग नगरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।‘अस्पतालमा भर्ना भएका चारजनाकै अवस्था सामान्य भएकाले अहिले कुनै उपचार चाहिँदैन’, संक्रमितको उपचारको नेतृत्व गरिरहेकाचिकित्सक शेरबहादुर कमरले भने,‘व्यवस्थित भयो भने घरमै गएर बस भन्न सकिने अवस्था हो, अरुलाई सार्छन् कि भनेर अस्पतालमै आइसोलेसनमा राखिएको हो।’

कुनै लक्षण नदेखिएर सामान्य अवस्था भएपनि संक्रमणले जटिल अवस्था नहोस् भनेर सुरुम चारैजना बिरामीमा अजिथ्रोम्याक्सिन औषधि प्रयोग गरिएको उनले बताए। एकजना बिरामीमा भने मलेरियाका लागि उपयोगी हुने क्लोरोक्वाइन पनि प्रयोग गरिएको उनले जानकारी दिए। 

कोरोनाको संक्रमण जटिल भयो भने मुख्य फोक्सोमा र अनि कलेजो, मिर्गौलामा असर गर्ने उनी बताउँछन्।‘फोक्सो र मिर्गौलामा असर गरेपछि अन्य अंगले समेत काम गर्न छोडेर बिरामीको मृत्यु हुने गर्छ’, उनी भन्छन्,‘अहिलेसम्म कोरोनाको औषधि पत्ता लागेको छैन। जटिल प्रकारको संक्रमण देखिएपछि छिमेकी मुलुक भारतलगायतले एजिथ्रोम्याक्सिन,क्लोरोक्वाइनलगायतका औषधी प्रयोग गर्ने गरेका छन्।’ इन्डिया मेडिकल काउन्सिलको गाइडलाइन र भारतको एम्स हस्पिटलको गाइड लाइनले कोभिड–१९ मा मलेरियामा प्रयोग हुने औषधि प्रयोग गर्न अनुमति दिएको उनले बताए।नेपालमा अहिलेसम्म औषधि प्रयोगसम्बन्धी गाइडलाइन नबनाइएकालेसमस्या भएको चिकित्सक बताउँछन्। 

संक्रमित बिरामीको ज्वरो नाप्ने, अक्सिजन नाप्ने, नाडीको गति नाप्नेकाम निरन्तर हुने गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।ज्वरो आएमा सिटामोल, खोकी लागेमा त्यसकोसामान्य औषधि प्रयोग गरिने डा. कमरले बताए। ‘अवस्था सामान्य भएकाले थप जटिल अवस्था नआओस् भनेर निगरानीमा राखिएको छ।थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइनेछ’, उनले भने। ६० भन्दा बढी उमेर भएका दमका रोगी,दीर्घरोगी, बाथरोगी, मिर्गौलाको रोगको औषधि प्रयोग गरेकालाई कोरोना संक्रमण भए अवस्था जटिल बन्ने उनले बताए। अस्पतालमा उपचाररत चारैजना ६० वर्षभित्रैका र अन्य रोगको समस्या पनि नभएकाले संक्रमणको सामान्य लक्षणमात्र देखिएको हुन सक्ने उनको भनाइ छ। 

यस्तै काठमाडौंमा उपचाररत अन्य दुईजनाको अवस्था पनि सामान्य छ। उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालमा उपचार भइरहेको छ। उनीहरुलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ। ‘आफन्तले खाने कुरा ल्याइदिन्छन् तर भेट्न पाउँदैनन्। बिरामीले मोबाइल चलाएरै दिन काट्छन्’, अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले भने।

शुक्रराजमा उपचार गराइरहेकामा फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरी रदुबईबाट फर्केका धादिङका ३२ वर्षीय युवक छन्। उनीहरु १५ दिनदेखि अस्पतालमा छन्। निर्देशक राजभण्डारीका अनुसार आइसोलेसनमा बस्ने बिरामीले अस्पतालले दिएको र आफन्तले ल्याएको खाना खान्छन्। उनीहरुका लागि भनेर छुट्टै कुनै खाना चाहिंदैन। सामान्य व्यक्तिले जस्तो दाल,भात,रोटी,तरकारी,माछा, मासु सबै खान्छन्। 

उनीहरु यतिका लामो समय अस्पताल बस्नुपर्नाको एउटै मात्र कारण हो– उनीहरुमा बीचवीचमा कोरोना संक्रमण परीक्षण गर्दा पोजिटिभ देखिएको छ। तर सास फेर्न कठिन हुने,ज्वरो आउने र सुक्खा खोकी लाग्ने कुनै समस्या छैन। ‘कोरोना हुँदैमा सबैलाई गाह«ो हुँदैन’,राजभण्डारीले भने।
यस्तै कोरोनाबाट संक्रमित बागलुङकी २२ वर्षीया युवतीको धौलागिरि अञ्चल अस्पताल उपचार भइरहेको छ। उनी बेल्जियमबाट कतार हुँदै फर्केकी थिइन्। बागलुङकै अर्की संक्रमित ६५ वर्षीया महिलाको पनि धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ। उनी पहिलेदेखि नै दमकी विरामी थिइन्।

अस्पतालमा भर्ना भएपछि भने उनमा उच्चरक्तचापबाहेक अन्य समस्या देखिएको छैन। पहिल्यै दमकी बिरामी भएपनि उनमा अहिलेसम्म कुनै गम्भीर समस्या नदेखिएको अस्पतालका सूचना अधिकृत डा.तीर्थ गौतमले बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार चैत महिनामा कोरोना संक्रमित भएका कुनै पनि बिरामीको डिस्चार्ज भएको छैन। फ्रान्सबाट आएकी युवतीमा भाइरस लामो समयसम्म देखिएकोले डिस्चार्ज हुन नसकेको हो। प्रक्रियाअनुसार एउटा बिरामी भर्ना भएपछि ज्वरो आउन्जेल पुनः कोरोना परीक्षण गरिँदैन। ज्वरो नआएको अवस्थामा कोरोना परीक्षण गर्दा दुईपटक नेगेटिभ आएमा मात्र बिरामी डिस्चार्ज हुन लायक हुन्छ। 

चिकित्सकका अनुसार कोरोना संक्रमण भएका मध्ये ८० प्रतिशत बिरामीमा सामान्य लक्षण देखिन्छ र निको हुन्छ,१० देखि १५ प्रतिशतमा केही बढी समस्या देखिन्छ र पाँच प्रतिशतलाई मात्र भेन्टिलेटरबाट कृत्रिम श्वास दिनुपर्ने हुन्छ।

 

प्रकाशित: २८ चैत्र २०७६ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App