१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकासको अभावले तराईमा असन्तुष्ष्टि: मन्त्री लेखक

वीरगन्ज- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले विकासमा पछाडी परेकोले पनि तराई मधेसमा असन्तोष ब्याप्त रहेको बताएका छन्। उनले यहाँको विकासको लागि बेग्लाबेग्लै योजनामार्फत सरकारले सडक सञ्जाल विस्तारमा जोड दिनु पर्ने बताए। वीरगगन्ज उद्योग बाणिज्य संघको ४१ औं बार्षिक सधारणसभामा बोल्दै मन्त्री लेखकले २००७ साल यता मुलुकमा अनेक राजनीतिक परिर्वतन भए पनि आर्थिक गतिबिधी ब्यवस्थित नहुँदा विकास र खुसीयाली आउन नसकेको धारण राखे।

संघका अध्यक्ष प्रदीप केडियाको अध्यक्षतामा भएको सधारणसभाको उद्‍घाटन समारोहमा मन्त्री लेखकले पूर्वको झापादेखी पश्चिमको कञ्चनपुरसम्मका २२ जिल्लाका सदरमुकाम जोड्नेगरी हुलाकी राजमार्गको बिस्तार तथा निर्माणको लागि डिपिआर बनाउने काम अन्तिम चरणमा रहेको बताए। यसअघि भारतसंगको सम्झौता अनुसार निर्माण थालिएको हुलाकी सडक अन्तरगतको पहिलो चरणको ८ सय किलोमिटर सडक निर्माणको अधुरो काम पुरा गर्न ठेक्का प्रक्रिया सकिन लागेको समेत उनले जानकारी  गराए । पूर्व–पश्चिम राजमार्गदेखी दक्षिणको भारतीय सिमानासम्म जोड्ने २ लेन र सदरमुकामहरु जेड्ने ६ लेन बाटो निर्माणको योजना पनि अघि बढाइएको मन्त्री लेखकले बताए । उनले पहाड र हिमालका दुर्गम ठाउँहरुलाई पनि सडक संजालले जोड्ने काम अगाडी बढाइएको बताए।

                निर्माणहरु गुणस्तरीय हुन र समयमै पुरा गरिनुमा समस्या रहेको उनले अनुभव सुनाए। यसलाई सुधार गराउन सरकारले ठोस निर्णयको तयारी गरेको जानकारी गराउदै मन्त्री लेखकले स्थानीय स्तरमा पनि निर्माण योजनाहरुमा जनस्तरबाट निगरानी हुन आवश्यक रहेको बताए । आर्थिक गतिबिधीको दृष्टीकोणले वीरगन्ज देशको मुटु रहेकोले यहाँको ‘ट्रान्जिट’ तथा ‘ट्रान्सपोर्टेशन’ ब्यवस्थित गर्न यहाँ बेग्लै ‘यातायात नगर’ बनाउने ठोस कार्ययोजना संघको तर्फबाट मन्त्रालयमा पेस गर्न मन्त्री लेखकले आग्रह गरे।

कार्यक्रमका उद्योग बाणिज्य माहासंघका अध्यक्ष पशुपित मुरारकाले यातायात सिण्डिकेटले आर्थिक क्षेत्र प्रभावित भएकोले यसको ब्यवस्थापनका लागि सरकारले ध्यान दिनुपर्ने बताए। मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष अरुण सुमार्गी, वीरगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु, बिभिन्न राजनीतिक दल तथा नागरिक क्षेत्रका अगुवाहरु र सरकारी अधिकारीहरुको उपस्थितमिा संघको सधारण सभा सुरु भएको हो । शनिवारको बन्दसत्रले संघको नयाँ नेतृत्व छानिने अध्यक्ष केडियाले बताए ।

 

 

प्रकाशित: २९ पुस २०७३ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App