१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

९ स्थानीय तहका जनप्रतिनिधले गरे ४२ लाख सहयोग

ताप्लेजुङ - ताप्लेजुङका ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख रुपैंया कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लागि योगदान दिने भएका छन्। सबै स्थानीय तहका प्रतिनिधिले कम्तिमा महिना बराबरको आफूले पाउने सुबिधा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका ह्नु।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले भने डेढ महिना बराबरको तलव उक्त् कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। बाँकी सबै ९ वटै स्थानीय तहका जनप्रतिनिधिले एक–एक महिनाको तलव सुबिधा सम्वन्धित स्थानीय तहले बनाएको कोरोना भाईरस नियन्त्रण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन्। 

सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाको योगदान रहने छ। त्यहाँका जनप्रतिनिधिले ८ लाख २७ हजार ५०० रुपैंया सहयोग गरेका छन्। मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधिले ५ लाख ३७ हजार, फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिले ४ लाख ९४ हजार ८७५ रुपैंया र सिरिजङ्घा गाउँपालिकाका जनप्रतिनिधिले ४ लाख ८८ हजार ५०० रुपैंया कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोषमा जम्मा गरेका छन्।

 यस्तै सिदिङ्वा गाउँपालिकाका जनप्रतितनिधिले ४ लाख ४८ हजार ५००,मैवाखोला गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख ९५ हजार,पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख ७८ हजार २००,मिक्वाखोला गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख १५ हजार र आठराई त्रिबेणी गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख ७ हजार ४०० रुपैंया कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लागि सहयोग गर्ने भएका हुन्। ६१ वटा वडा रहेको यहाँका ९ स्थानीय तहका करिव साढे ३ सय जनप्रतिनिधिले कूल ४१ लाख ९१ हजार ९७५ रुपैंया योगदान गरेको पाईएको छ।

प्रकाशित: २६ चैत्र २०७६ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App