१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

माछा मारेर परिवार पाल्ने २० परिवारलाई राहत

इटहरी – कोशी टप्पु वन्य जन्तु आरक्ष आसपासका माछा मारेर परिवार पाल्ने २० परिवारलाईं मंगलबार राहत वितरण गरिएको छ। कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन रामदेव चौधरीले व्यक्तिगत रुपमा राहत प्रदान गरेका हुन्। 

आरक्षको मध्यवर्ती क्षेत्रमा ठूलो संख्यामा माछा मारेर परिवार पाल्दै आएपनि आरक्ष प्रशासन रहेको कोशी गाउँपालिका वडा नं. ३ क्षेत्रका मात्र राहत वितरण गरिएको हो। वार्डेन चौधरीले प्रति परिवार बीस केजी चामल वितरण गरिएको छ। यस्तै, एक–एक केजीका दरले दाल, तेल र नुन वितरण गरिएको जानकारी दिइयो। 

अहिले कोशी टप्पु आरक्ष सुनसरीसहित सप्तरी र उदयपुरमा गरि एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। 
आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन्। यीमध्ये ३० प्रतिशत हाराहारी माछा मारेरै परिवार धान्ने गरेका छन्। ‘माछा मारेर परिवार पाल्दै आएका यस क्षेत्रका बासीन्दाले यतिबेला देश लकडाउनमा भएको बेला माछा मार्न नपाउँदा चुल्लो बल्ने अवस्था छैन’, वार्डेन चौधरीले भने, ‘मेरो क्षमताले एउटा वडाका माछा मार्नेलाई राहत दिए। यसमा अरुको पनि ध्यान जाओस्।’

यहाँ माछाको दोहन पहिलेदेखिकै चुनौती हो। अत्यधिक, अनियन्त्रित तथा अव्यवस्थित तरिकाले जता ततै माछा मार्नेले सिमसार प्रणालीमा नकरात्मक असर पदै आएको छ। तर, नियमनकारी निकायले यसप्रति कम चासो दिएको छ। यस क्षेत्रमा सर्दा, मुसहर, माझी, मण्डल, मलाहा, थारु लगायतले माछा मारेरै परिवार धान्दै आएका छन्।  
 

प्रकाशित: २५ चैत्र २०७६ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App