१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मजदुरी गर्ने परिवारलाई उपभोग्य सामग्री वितरण

रसुवा - रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ। गाउँपालिकाले सूचीकृत भएका परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो।

गाउँपालिकाका अनुसार वडा नम्बर १ मा १६, २ मा ९१, ३ मा ६०, ४ मा ३७ र ५ मा ६३ परिवारलाई दैनिक उपभोग्य वस्तु सामग्री वितरण सुरु गरिएको छ। यसका लागि वडाहरूले कुपन उपलब्ध गराइरहेका छन्। कुपनका आधारमा नजिकैका पसलबाट सामग्री लिन सकिने गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि कुपनको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। लकडाउन लम्बिएको खण्डमा तोकिएको परिवारलाई पुनः कुपनको व्यवस्था गरिने छ।

‘नोवल कोरना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध बनाउन बनेको कार्यविधि–२०७६’ निर्माण गरेको थियो।

गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइएको हो।

लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम् दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउन थालिएको र लकडाउन अवधिभर जारी रहेने उनले बताए।

प्रकाशित: २५ चैत्र २०७६ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App