१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फिदिम नगरपालिका–५ का वडाध्यक्ष तुम्बापोको निधन

पाँचथर– फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ। ३३ वर्षीय तुम्बापोको शुक्रबार दिउँसो झापाको वि एण्ड सी अस्पतालमा निधन भएको हो। बिहीवार  सिकिस्त विरामी भएपछि उनलाई फिदिमको समर्पित अस्पतालमा ल्याईएको थियो। स्वास्थ्य अवस्था चिन्ताजनक भएकाले उनलाई हेलिकप्टर मार्फत वि एण्ड सि पु¥याईएको थियो। तर उनको उपचार सम्भव भएन।

जिल्लामा पहिचान बनाएका तुम्बापो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन पाँचथरको सह–संयोजक समेत रहेका थिए। उनलाई आचनक रगतमा समस्या देखिएको थियो।

बिहीवार  चोकमागुमा रहेको घरमा बेहोस भएपछि उपचारका लागि फिदिम ल्याइएको थियो। रगत सम्बन्धी समस्याकै कारण उनको निधन भएको बताइएको छ। बिहिवार विहान मात्रै उनकीश्री मतीले दोश्रो सन्तान (छोरी) जन्माएकी थिईन्।

प्रकाशित: २१ चैत्र २०७६ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App