१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लकडाउनको अवधिमा बजारको अवस्था बुझ्न अनुगमन

रसुवा- रसुवाको कालिका गाउँपालिकाले शुक्रबार गाउँपालिकाभित्र रहेका बजारहरूको अनुमगन गरेको छ। लकडाउनको अवधिमा गाउँपालिकाभित्र रहेका बजारको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको संयोजकत्वमा चार जनाको टोलीले बजार अनुमगन गरेको हो। गाउँपालिकाको जीवजीवे, गुम्बोडाँडा, घुम्ती, कालिकास्थान, कटुञ्जे, धारापानी, बेतिनीलगायतका क्षेत्रमा अनुमगन गरिएको उपाध्यक्ष न्यौपानेले बताए।

गाउँपालिकाभित्र दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको, खाद्यान्नमा मूल्य वृद्धि नभएको तथा लकडाउनको पूर्ण कार्यान्वयन भएको पाइएको छ। तर तरकारीमा भने मूल्य वृद्धि भएको टोलीको निष्कर्ष छ। बजारमा टमाटर, खुर्सानी तथा कागतीको मूल्य बढेको पाइएको उनले बताए।

पालिकाले शुक्रबार तरकारी ल्याउने दुईवटा गाडी नियन्त्रणमा लिएर मूल्य वृद्धि हुनुको कारण बारे सोधपुछ गरेको छ। शनिबारदेखि हरेक बजारमा छड्के जाँच गरिने छ। विपद्को समयमा जनतालाई नियमित रूपमा सामग्री उपलब्ध गराउने, कालोबजारी हुन नदिने र लकडाउनको पूर्ण कार्यान्वयनका लागि छड्के अनुगमन अनिवार्य भएको उनको भनाइ छ।

 

प्रकाशित: २१ चैत्र २०७६ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App