१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिरामीको नाम चोरी गरि एम्बुलेन्समा मान्छे ओसार्दै

नेपाल अर्वाेद्ध निवारण संस्था सुर्खेतको एम्बुलेन्सले लकडाउनको उल्लंघन गरी मान्छे ओसार्दै । तस्बिर: सुमन मल्ल

मुगु- बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ। सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार गर्ने गरेको हो। भे१च ७६ नम्बरको उक्त एम्बुलेन्सले दुई जना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ।

दुई जना बिरामी सन्चो भई आएको र बिरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउने, त्यसलाई पास जस्तो गरेर अन्य यात्रु हालेर ल्याएको उक्त एम्बुलेन्सले मुगुका लागि मंगलबार सुर्खेतबाट छुटेको थियो।

मान्छे बिरामी भएको खण्डमा सुविधा सम्पन्न अस्पतालमा लिनु पर्ने ठाउँमा दुर्गममा ल्याउनु भनेको सन्चो भएका बिरामी हुन्। तर सन्चो भएका बिरामीको नाममा कागजपत्र बनाई एम्बुलेन्सले मान्छे ओसार्नु गैह्र जिम्मेवार र लकडाउनको चरम उल्लंघन भएको देखिन्छ।

मुगुका माननीयको सम्र्पकबाट मुगुमा बिरामी पठाउनु छ, भन्ने खबरका साथ एम्बुलेन्स भाडाका लागि पठाएको हुँ, बीचमा मान्छे हालेको थाहा नभएको नेपाल अर्वाेद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताए। उनका अनुसार दुई जना बिरामी र दुई जना कुरुवाको लागि ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको भएपनि त्यती धेरै मान्छे हालेको आफूलाई थाहा नभएको रावतले बताए।

यता जिल्ला प्रशसान कार्यलय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार एम्बुलेन्सले बिरामी बोक्ने हो। तर मान्छे ओसार्ने हैन। एम्बुलेन्सले मान्छे ल्याएर मुगु आएपनि बीचबीचका चेकपोष्टले निगरानी राख्नुपर्ने हो। अब त्यसका बारेमा जाँचबुझ गर्ने प्रजिअ निरौलाले बताए। एम्बुलेन्समा दुई बिरामीसहित १२ जना आएका थिए।  

स्थानीय प्रशासन निरिह
विश्वभरी कोराना भाइइरस (कोभिड १९) का संंक्रमण बढ्दै गएको र त्यसको प्रभाव नेपालमा नफैलियोस भनेर नेपाल सरकारले लकडाउन घोषण गरी आवतजावतमा रोग लगाएको भएपनि लकडाउनको कर्णालीका जिल्लामा चरम उल्लंघन भएको छ।

अरु प्रदेशका तुलानामा कर्णाली प्रदेशका जिल्लमा नेपाल सरकाले गरेको लकडाउनको चरम उल्लघन भएकोे देखिन्छ।

यसअघि पनि मुगु आउने र हुम्ला जाने विद्यार्थी, सर्वसाधारणका लागि भन्दै सुर्खेत नेपालगञ्जबाट गाडी रिर्जभ गरी मान्छे मुगुसम्म रातारात ओसार्ने गरेर लकडाउनको चरम उल्लंघन गरिएको थियो।

मुगुसहित कर्णाली प्रदेशका जिल्लामा लकडाउनको चरम उल्लंघन भएको भएपनि स्थानीय प्रशासन ठूलाबडाको मिलोमत्तोमा रहि निरिह बनेको देखिन्छ।

बजारमा लकडाउनको पालाना गरी आवतजावतमा रोक लगाईएको भएपनि गाउँघरमा त्यसको प्रभाव परेको छैन। नागरिक खुलेआम हिँडडुल गरिरहेका छन्। भिडभाडमा जाने, जुवातास खेल्ने गरेका छन् भने किसानहरु वर्षे बालिधान, कोदो छर्नमा ब्यस्त छन्।

 

 

 

 

प्रकाशित: २० चैत्र २०७६ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App