१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शिक्षक महासंघले भन्याे : 'कोरोना आपतकालिन कोषमा तलब राख्न सकिन्न'

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न राजनीतिक दल निकटका शिक्षक संगठनहरुले आफ्नो नगरपालिका क्षेत्रभित्र कार्यरत कर्मचारी, शिक्षक सम्पूर्णले आफ्नो १५ दिनको पारिश्रमिक नगरपालिकाले खडा गरेको आपतकालिन कोषमा जम्मा गर्ने निर्णय सच्याउन माग गरेका छन्। आफ्नो नगरपालिका क्षेत्रमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि चाँंगुनारायण नगरपालिकाले खडा गरेको आपतकालिन कोषमा आफूहरुको १५ दिनको तलब राख्न नसक्ने बताउँदै त्यसप्रति आपत्ति जानाएका छन्।

पाँंच वटा शिक्षक संघहरुले विज्ञप्ती प्रकाशित गरी यो निर्णय स्वीकार गर्न नसकिने जनाएका छन्। नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संघ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक संघले संयुक्त विज्ञप्ती प्रकाशित गरी यो निर्णय आफूहरुलाई अस्वीकार्य रहेको जनाएका छन्। नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले एकल छुटै विज्ञप्ती प्रकाशित गरी निर्णय आफूहरुको लागि मान्य नहुने जनाएको छ।

दोश्रो महिनाको अन्त्यमा अघिल्लो महिनाको तलबले जीवन गुजारा गरिरहेका शिक्षकहरुले यस प्रकारको दोहोर तरिकाबाट एकै उद्देश्यको लागि विभिन्न तहका सरकारलाई आर्थिक योगदान गर्न शिक्षकहरु असमर्थ रहेको उनीहरुले जनाएका छन्। आफ्नो नगरपालिकाभित्रका शिक्षकहरुको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा अझै असजह वातावरणको परिस्थिति सृजना गर्न नगरपालिका उद्धत रहेको ठहर
उनीहरुको छ। नगरपालिकाको यो निर्णयबाट शिक्षकको मनोवल गिराउने काम भएको उनीहरुको भनाई छ। निर्णय बन्द गरी तत्काल सच्याउन उनीहरुको माग छ।

जिल्लाका चार वटै भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण नगरपालिकाले आपतकालिन कोष खडा गरेका छन्। तर चाँंगुनारायण एउटाले कोषमा शिक्षकहरुको १५ दिनको तलब काटेर कोषमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित: १९ चैत्र २०७६ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App