coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना कहर, मजदुरमाथि अमानवीय व्यवहार

तस्बिरः मिनी ट्रिपरमा रोल्पा पठाइएका मजदुरहरु।

रोल्पा - कोरोना भाइरसको महामारीले विश्वसहित नेपालमा पनि फैलिरहदा ‘हुने खानेको’ भन्दा ‘हुँदा खानेको’ दैनिकी कष्टकर बनेको छ। समाज शान्त तर अस्तब्यस्त देखिन्छ। सामान्य बिरामी र बाहिरबाट गाउँ आउनेप्रति पनि मानविय सम्बेदना देखिन छोडेको छ।

 सहर बजार भन्दा गाउँ अलि खुल्ला देखिए पनि त्यहाँ भित्र अनेको पीडाहरु थपिदै छन्। सहर, भारत र बिदेश गएकाहरु भित्रिएपछि गाउँ पनि तनावमा रहेका हुन्।

एकातिर दिनप्रतिदिन लकडाउन कडा हुँदै छ भने अर्को तिर उपत्यका तिरका इँटाभट्टामा मजदुरीका लागि पुगेका मजदुरको बिचल्ली भएको छ। सोमवार सामाजिक संञ्जालमा देखिएको एउटा दृष्यले मानविय सम्बेदना हराएको संकेत देखियो। ललितपुरको इँटाभट्टामा काम गर्न गएका ४९ जना मजदुर मिनी ट्रिपरको पछाडि खादिएर रातारात १५ घण्टा लगाएर रोल्पा पठाइएका छन्।

आइतबार हिँडेका मजदुर सोमबार दाङ हुँदै दक्षिण रोल्पाको होलेरी हुदै जिल्ला प्रवेश गरेका थिए। हजारौ बस काठमाण्डौमा थन्किएका छन् तर ४९ जना मजदुरलाई  बा ५ ख १६२१ र बा ४ ख ४२४२ को मिनी ट्रिपरमा चढाएर घर पठाइएको हो। उनिहरुलाई सुरक्षित रुपमा नपठाएकोमा उद्योगीप्रति रोल्पालीले सामाजिक संञ्जालमार्फत तिक्तता पोखेका छन्।

त्यसो त सरकारको गतिलो निकाय भनेर चिनिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले समेत लाजै नमानेर सवारी पास दिएको देखिन्छ। ललितपुरबाट रोल्पा पुग्दासम्म दर्जनौ स्थानमा चेकजाच गरिएका उक्त मिनी ट्रिपरमा राखेर मजदुरमाथि गरिएको अमानबिय ब्यबहारप्रति कोहि कसैले मानबिय सम्बेदना देखाएको पाइएन।

सोमवार रोल्पा भित्रिएका ४९  मजदुर मध्य त्रिवेणी गाउँपालिका नुवागाउँका ६ जना हुन् भने ४३ जना नगरपालिकाको ४ नं. वडा कोटगाउँवासी हुन्। यी सबै मजदुरलाई तीनवटा शिविर बनाएर क्वोरन्टाइनमा राखिने भएको छ। लकडाउनसँगै धेरै मजदुरहरु इँटाभट्टामै अलपत्र परेका छन्। उद्योगले मजदुरको खान र बस्ने व्यवस्था नगर्दा उनिहरुलाई अप्ठ्यारो परेको हो।

ललितपुरबाट मिनी ट्रिपरमा मजदुर रोल्पा पठाएको दृष्य सामाजिक सञ्जालमा देखेका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले अमानबिय ब्यबहार गरिएको बताए। ‘कम्तीमा बसमा पठाउनु पर्ने हो। यसरी खादेर जबरजस्त जिल्ला पठाउनु हुदैनथ्यो।’ मेयर केसीका अनुसार तिनवटा ३४ जनालाई क्याम्प बनाएर क्वारेन्टाईनमा राखिने छ भने बाँकी होम क्वारेन्टाइनमा बस्ने छन्।

 

प्रकाशित: १८ चैत्र २०७६ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App