१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामाजिक कार्य गर्दा बाहिरी व्यक्तिलाई सहभागी गराउन नपाइने

ताप्लेजुङ- ताप्लेजुङको उत्तरी पर्यटकीय क्षेत्र सिरिजङ्घा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको वडा समितिले वडाभरका प्रत्येक घरधुरीले आफ्ना घरका सामाजिक लगायतका कार्यहरुमा अर्को घरमा सदस्यलाई सामेल नगराउने निर्णय गरेको छ। यो निर्णय आफ्नो घरभन्दा बाहिर नजाने दृष्टीले प्रेरित रहेको वडा कार्यालयले जानकारी दिएको छ।

कोरोना भाइरस (कोभिड १९)को सन्त्रास नहटेसम्म लागु हुने गरी यस्तो निर्णय गरिएको वडाध्यक्ष टसी लामाले जानकारी दिए। उनका अनुसार याम्फुदिन भरीका सबै घरधुरीले आफ्ना आफन्तजनलाई समेत यो बेला आउने/जाने कार्यमा रोक लगाईएको छ। वडाभरीका सबै बासिन्दाले आ–आफ्नो घरका सदस्यलाई अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वास प्रश्वासमा समस्या हुने लक्षण देखिए तत्कालै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसंग परार्मश गर्नुपर्ने गरी निर्णय गरेको वडाध्यक्ष लामाले बताए।

वडा समितिले उल्लेखित निर्णय पालना नगरे स्थानीय प्रशासनमार्फत कानुनी कारवाहीका लागि मार्गप्रसस्त गर्ने निर्णय पनि वडाध्यक्ष लामाले बताए।

प्रकाशित: १७ चैत्र २०७६ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App