१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रसुवागढी नाकामा कोरोना परीक्षण गर्न भवन निर्माण

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि भवन निर्माण भएको छ। विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जाँचका लागि भवन नहुँदा समस्या सिर्जना भएको थियो।

रसुवागढी नाकाबाट अत्यावश्यक सामग्री आयात गरिने भनिएपनि स्वास्थ्य जाँच प्रभावकारी बनाउन नसक्दा समस्या सिर्जना भएको थियो। अस्पताल विकास समिति रसुवाका अध्यक्ष रामशरण कुइँकेलले भवन निर्माण भएर आइतबारदेखि सञ्चालनमा आएको बताए।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रिफ्याब भवन निर्माणका लागि बजेट उपलब्ध गराएको थियो। मन्त्रालयले बजेट उपलब्ध गराएपछि एसबिआइ कम्पनीले भवन निर्माण गरेको हो। ३९ लाख ५० रुपैयाँको लागतमा भवन निर्माण भएको उनले बताए।

 

प्रकाशित: १६ चैत्र २०७६ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App