coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

जनकपुरधाम - लकडाउन अवधिभर प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको सरकारको तर्फ बाट गर्ने गरेको छ। बैठकबाट तत्कालै महानगरलाई २५ लाख, उपमहानगरलाई २०  लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको हो। 
 
यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ। 

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ। 
सरकारले कोरोना रोकथामका लागी हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो।
 
सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु ,काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो।

प्रकाशित: १६ चैत्र २०७६ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App