१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री प्रदान

रसुवा- प्रतिनिधि सभाका सांसद मोहन आचार्यले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सामग्री प्रदान गरेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेका हुन्।

जिल्लाको उत्तररगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल मार्फत समितिलाई सामग्री प्रदान गरिएको हो। यसले कोरोना भाइरसको संक्रमणबाट बच्न र संक्रमण भएको खण्डमा उपचार गर्नका लागि सहज हुने छ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ३५ सेट, पञ्जा ३ सय ५० थान, ५ हजार थान मास्क तथा सेनिटाइजर लगायतका सामग्री समितिलाई प्रदान गरिएको अध्यक्ष लम्सालले बताए। यो सामग्री सम्भावित जोखिम र आवश्यकता अनुसार वितरण गरिने छ।

जिल्लामा कोरोनाको संक्रमण भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ। विदेशबाट आएकाको निगरानी गर्नुका साथै विवरण अद्यावधिक गर्ने काम चलिरहेको छ।

 

प्रकाशित: १५ चैत्र २०७६ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App