ज्यालादारी गर्नेहरुलाई दश किलो चामल र दुई किलो दाल घरमै पुर्‍याइने

बिहिबार, १३ चैत २०७६, १६ : २२ रेखा भुसाल

बुटवल — तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुलाइ राहत प्रदान गर्ने भएको छ। लकडाउनका कारण ज्याला मजदुरी रोकीएर समस्यामा परेका अति विपन्न मजदुर परिवारलाइ राहत स्वरुप दाल चामल र नुन उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

 आज बिहान बसेको नगरपालिकाको सचिवालय बैठकले पहिलो चरणमा दश किलो चामल,दुइ किलो दाल र एक पोका नुन उपलब्ध गराउने निर्णय गरेको हो। नगरका १७ वटै वडामा वडा अध्यक्षको सिफासिरमा  एउटा मजदुर परिवारलाई दश किलो चामल,दुइ किलो दाल र एक पोका नुन उपलब्ध गराइने नगरप्रमुख बाशुदेव घिमिरेले बताए। नगरभित्रका अति विपन्न तथा ज्याला मजदुरी गर्ने करिब ८ सय परिवारको बिबरण वडाहरुले संकलन गरेका छन। वडा अध्यक्षहरुकै सिफारिसमा ती परिवारकालागि दाल चामल र नुनको व्यवस्थापन गरी घरमै राहत पुर्याउने व्यवस्था मिलाइएको नगर प्रमुख घिमिरेले जानकारी दिए। 

 लकडाउनकै कारण कोही पनि नगरबासीलाइ भोकै बस्नु नपर्ने व्यवस्था मिलाउन पहिलो चरणमा गरिब बिपन्न तथा मजदुर परिवारलाइ राहत प्रदान गर्न लागेको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले बताइन। नगरभित्र अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिनेतर्फ पनि नगरपालिकाले विशेष ध्यान दिइएको उनले बताइन।उद्योग,प्रतिष्ठान,व्यवसाय तथा निर्माण कम्पनी तथा मजदुर बर्गलाइ काममा लगाउने व्यक्तिहरुले आफना कर्मचारी तथा श्रमीकप्रति संकटका बेला गैरजिम्मेबार नहुँन समेत आग्रह गरेको छ।

यसैबिच नगरपालिकाले भारतसहित अन्य मुलुकबाट हालै नेपाल भित्रेकाहरुलाइ राख्न क्वारेन्टाइन निर्माण गरेको छ। नगरपालिकाले शंकरनगरको दुर्गादत्त माविको भवनमा २५ बेडको क्वारेन्टाइन तयार गरेको छ। सो क्वारेन्टाइनमा अहिले भारतबाट आएका दुइ जना छन। लकडाउनको बेवास्ता गर्दै भारतका बिभिन्न क्षेत्रबाट बुधबार र बिहीबार नेपाल आएकाहरुलाइ पनि सोही क्वरोन्टाइनमा राख्ने तयारी भइरकेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए। 

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad