खाना र पानी समेत नपाएको गुनासो

डेढ दर्जन नेपाली दिल्लीमा अलपत्र, हिडेरै नेपाल आउने तयारीमा

बिहिबार, १३ चैत २०७६, ११ : २५ नागरिक

काठमाडौं – भारतको मुम्बईबाट आएका करिब डेढ दर्जन बढी नेपाली तीन दिनदेखि राजधानी नयाँ दिल्लीमा अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण भारतमा घोषित २१ दिने लकडाउनका कारण उनीहरु दिल्लीकाे सीमाना गाजियावादमा अलपत्र परेका हुन्। नेपाल आउने क्रममा दिल्ली पुगेपछि लकडाउन भएका कारण उनीहरु त्यहँ अलपत्र भएको एबीपी न्यूजले जनाएको छ। 

दिल्लीमा अलपत्र परेका समूहमा दुई महिलासहित डेढ महिने बालक समेत छन्। उनीहरु बसेको होटेलले बस्न नदिएर निकालिदिएको अलपत्र परेका नेपाली मध्येका एक हेमन्तले बताए। ‘होटेलले पनि बस्न दिएन। दिल्ली पुलिसले जहाँबाट आएको त्यहँ जाउ भन्छ।’ उनले भने, ‘ अब हामी कहाँ जाने?’

उनीहरुले दुई दिनदेखि केही खान समेत नपाएको गुनासो गरे। पछिल्लो समय त पानी पनि पाइन छोडेको अर्का नेपाली देवानीले बताए। ‘मुम्बईबाट आएको रेललले यहाँसम्म छोडिदियो। यहाँ पुगेपछि सरकारले लकडाउन गरेछ। कही जानै सकिएन।' उनले भने, ‘ होटेलले पनि बस्न दिँदैनन्। पुलिसले हिड्दा पनि गाली गर्छ। दुई दिनदेखि खाना पनि खाएका छैनौं। साँझबाट त पानी पनि पाइदैन।’

आफूहरु हिडेरै नेपाल जाने तयारीमा रहेको उनले बताए।‘हिडेर जानु बाहेक हामीसँग कुनै विकल्पै छैन।’ उनले अगाडि भने, ‘अब हेरौं कहासम्म पुगिन्छ।दिल्लीदेखि नेपालको सीमासम्मको दूरी मात्रै करिब ७ सय किलो मिटर छ।

केही दिनअघि भारतको विभिन्न ठाउँबाट आएका नेपाली सीमा क्षेत्रमा समेत एकदिनसम्म अलपत्र परेका थिए। सरकारले अन्तिमपल्ट भन्दै उनीहरुलाई नेपाल आउन दिएको थियो।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad