१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउन प्रभावः सुनसान भैरहवा, नियम उल्लंघन गर्ने पाँच जना पक्राउ (फोटो फिचरसहित)

भैरहवा बजारको अवस्था

भैरहवा - कोभिड–१९ भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले आज बिहान ६ बजेदेखि लागू गरेको लकडाउनका कारण रुपन्देहीको भैरहवा पनि सुनसान देखिएको छ। ‘लक डाउन’ ले बेलहियाको सीमा नाकाबाट मालबाहक सामान बोक्ने गाडी केही आए पनि भैरहवा बजार सुनसान बनेको हो।

बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली छन्, सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। फाटफुट रुपमा केही सवारी साधान र सर्वसाधारण देखिए पनि सुरक्षाकर्मीले सम्झाई बुझाई फिर्ता पठाइरहेको छ। फाटफुट रुपमा चलेका मोटरसाइकल र सर्वसाधरणहरुलाई प्रहरीले ठाउँठाउँ चेकजाच गरी फिर्ता पठाइरहेको छ।

मेडिकलका पसल, पेट्रोल पम्प लगायतका अत्यावश्यक पसलहरु खुलेपनि अन्य कुनै पनि प्रकारका पसल खुलेको छैन , जिल्ला प्रहरी कार्यालयले माइकिङ्ग गर्दै सूचना प्रसारण गरीरहेको छ। मूल चोक र सडकहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षाकर्मीको उपस्थिति छ। अनावश्यक रुपमा हिडिरहेका गाडीहरुलाई यथास्थानमै नियन्त्रणमा लिने गरी प्रहरी खटाइएको छ। अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए। भाइरसको संक्रमण जोखिमलाई कम गर्दै सर्वसाधरणको के कसरी सहजता दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छलफल भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयले लकडाउनको अवज्ञा गर्दै बजारमा हो हल्ला गर्ने ५ जनालाई नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्ग बहादुर खत्रीले बुटवलको राजमार्ग चौरहाबाट प्रहरीले उनीहरुलाई सवारीसाधन सहित नियन्त्रणमा लिएको  जानकारी दिए। बुटवलतर्फ ३ र भैरहवा तर्फ २ जना नियन्त्रणमा । १ वटा अटो, १३ वटा साइकल, १५ वटा मोटरसाइकल नियन्त्रणमा लिइको प्रहरी प्रवक्ता डिएसपी खत्रीले बताए। मादक पदार्थ सेवन गरेर मोटरसाईकलमा हो–हल्ला गर्दै गरेको अवस्थामा उनहिरुलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित: ११ चैत्र २०७६ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App