१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, २ गम्भीर घाइते

उदयपुर- सडकमा गफिदै बसिरहेका तीन जनालाई एम्बुलेन्सले ठक्कर दिँदा उदयपुरका एक वृद्धको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तरगत सदरमुकाम त्रियुगानगरपालिका ७ झिल्केचोकमा सडकछेउ बसेर गफ गर्दै गरेका बेला चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नं. को एम्बुलेन्सले ठक्कर दिँदा घाइते ३ मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकछेउमा रोकिराखेको स ४ प १६६२ र बा १६ प ७९२३ नं. को मोटरसाइकलसँगै गफिएर बसिरहेका बेला एम्बुलेन्सले ठक्कर दिएर सोही ठाउँका ६२ वर्षीय तिलक दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार शुक्रबार साँझ ६ बजे भएको ठक्करबाट गम्भीर घाइते दनुवारको उपचारको क्रममा गाईघाटस्थित जिल्ला अस्पतालमा राति ८ बजे मृत्यु भएको हो।

एम्बुलेन्स ठक्करबाट त्रियुगा ९ कै ३२ वर्षीय राजकुमार दनुवार र १४ वर्षीय रोशनदनुवार पनि गम्भीर घाइते भएका छन्। उनीहरु दुवैको जिल्ला अस्पतालमा उपचार संभव नभएपछि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स चालक त्रियुगा नगरपालिका ३ का ३० वर्षीय सन्तोष खत्रीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाइएको एसपी मगरले बताएका छन्।

 

प्रकाशित: ८ चैत्र २०७६ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App