१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्ध ‘विपद्कालिन राहात कोष’ निर्माण

नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणविरुद्ध आवश्यक तयारीका लागि शुक्रबार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको छ। उक्त कोषमा संघले दुई लाख १५ हजार ७ सय ११ रकम जम्मा पनि गरेको छ। संघको तर्फबाट एक लाख १ हजार १ सय ११ र संघका पदाधिकारी तथा कार्य समितिका सदस्यको व्यक्तिगतबाट एक लाख १४ हजार ६ सय रुपैयाँ जम्मा गरिएको हो।

ग्लोबल आईएमई बैंकमा खाता खोलेर संघले राहात कोष कार्यान्वयन गरेको अब्दुल वाहिद मन्सुरीले जानकारी दिए। संघले उद्योगी व्यवसायी, सामाजिक क्षेत्र एवम् विभिन्न पेशागत संघ, संगठनलाई आर्थिक सहयोग गर्न आह्वान समेत गरेको छ। आर्थिक सहयोग गर्न चाहाने उद्योगी, व्यवसायीले ग्लोबल आईएमई बैंक, त्रिभुवनचोक शाखामा रहेको चल्ती खाता नं. २१०१०१०००८६६ मा रकम जम्मा गर्न सक्ने अध्यक्ष मन्सुरीले बताए।

‘कोषमा जम्मा भएको रकम कोरोना भाइरसविरुद्ध भइरहेको आवश्यक तयारीमा खर्च गरिनेछ,’ उनले भने ‘कोषमा जम्मा हुने रकम सार्वजनिक गर्नेछौं।’

 

प्रकाशित: ७ चैत्र २०७६ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App