४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दादुरा रुबेला खोप अभियान सुरु

नुवाकोट, – नुवाकोटमा मंगलबारदेखि दादुरा रुबेला खोप अभियान सुरु भएको छ। अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। १२ वटा स्थानीय तहमध्ये पहिलो चरणमा बिदुर नगरपालिका, म्यागङ, तादी, शिवपुरी, दुप्चेश्वर र सुर्यगढी गाउँपालिकामा अभियान सञ्चालन गरिने बताइएको छ। पहिलो चरणको अभियान चैत ८ गतेसम्म सञ्चालन हुने छ। यस्तै दोस्रो चरण चैत १५ देखी १९ गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ। दोस्रो चरणमा जिल्लाको बेलकोटगढी नगरपालिका, ककनी, लिखु, तारकेश्वर, लिखु, र पञ्चकन्या गाउँपालिकामा दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ। जिल्लाका २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला विरुद्ध खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिए। जिल्लाको १२ वटा स्थानीय तहमा ६ सय ९० वटा खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उनले बताए।

प्रकाशित: ५ चैत्र २०७६ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App