२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टेस्ट रद्द भएपछि रुटलाई राहत

लन्डन – कोराना भाइरस फैलने त्रासका कारण श्रीलंकाविरुद्धको टेस्ट शृंखला रद्द गरिएपछि इङ्ल्यान्डका कप्तान जो रुटले राहतको सास फेरेको प्रतिक्रिया दिएका छन्। मार्च १९ बाट इङल्यान्ड–श्रीलंकाबीचको २ टेस्ट शृंखला रद्द भएको थियो। अभ्यासका लागि श्रीलंका पुगेका इङल्यान्डका खेलाडी घरसमेत फर्किसकेका छन्।

इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) ले खेलाडीको मानसिक र शारीरिक स्वास्थ्य नै आफूहरूका लागि महत्वपूर्ण भएको बताएको छ। ‘उचित निर्णय गरिएको छ,’ रुटले घर फर्कने क्रममा विमानस्थलमा प्रतिक्रिया दिँदै भने। ‘यसले खेलाडीलाई राहत प्रदान गरेको छ। खेलाडीहरू अब के हुने हो भन्ने त्रासमा थिए। अब हामी घर फर्कंदै छाैँ। आशा छ त्यहाँ हाम्रा परिवार पनि सुरक्षित हुनेछन्।’ ‘ड्रेसिङ रुममा पनि कोरोनाको बारेमा धेरै चर्चा चल्थ्यो, त्यसैले खेलाडी मानसिक रूपमा खेल्न तयार थिएनन्। इङल्यान्ड मात्र नभई घरेलु टोली श्रीलंकाको पनि त्यही हालत थियो। यसले समग्र क्रिकेट खेल नै छायामा पार्ने सम्भावना थियो।

खेलाडी जबसम्म मानसिक रूपमा तयार हुँदैन, उसले स्वाभाविक प्रदर्शन भने गर्न सक्दैन। जे निर्णय भयो, त्यो खेलाडीकै हकमा थियो।’ शुक्रबार मात्र भारतीय क्रिकेड बोर्ड (बिसिसिआई) ले पनि मार्च अन्तिममा हुने यस सिजनको आइपिएल अप्रिल १५ का लागि सारेको थियो। त्यस्तै अस्ट्रेलिया र न्युजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल बन्द रंगशालामा खेलाइए पनि बाँकी  भने रद्द भएका गरिएको छ। विश्व स्वास्थ्य संगठनले विश्वभर १ लाख ४२ हजार मानिसमा कोरोना पुष्टि भएको जनाएको छ। हालसम्म यो भाइरसबाट ५ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। इङ्ल्यान्डले जुन ४ बाट तीन टेस्ट शृंखलाका लागि वेस्ट इन्डिजको भ्रमण गर्नेछ।

प्रकाशित: २ चैत्र २०७६ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App