१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध

दशगजामा भारत जाने नागरिकको तापक्रम नाप्दै भारतीय स्वास्थ्यकर्मी ।

भैरहवा– कोरोनाको संक्रमण भारतमा बढेपछि सीमामा कडाईका साथ स्वास्थ्य परीक्षण भइरहेको छ। शनिबारबाट नेपाल–भारत सिमाना बेलहिया–सुनौलीमा नेपालबाट भारत तर्फ जादै गरेका प्रत्येक नागरिकको स्वास्थय जाँच गरेर मात्र भारत प्रवेश गर्न दिइरहेको छ।

जिल्ला स्वास्थ्य समिति महराजगंज भारतले दशगजा क्षेत्रमा अस्थायी हेल्थ डेस्क स्थापना गरी भारत तर्फ जाने सबै नागरिकको स्वास्थ्य र ज्वरो (तापक्रम) मापन गरी मापन गरेर प्रवेश दिईरहेको छ। कोरोनाको त्रास बढ्दै गएपछि हामीले सीमामा २४ घण्टा नै नेपालबाट भारत जाने सबै नागरिकको तापक्रम मापन अनिवार्य रुपमा गरेर मात्र प्रवेश लिइरहेका हेल्थ डेस्कका ईन्चार्ज डाक्टर पारसनाथले बताए।

‘सबैको जाँच गरिरहेका छौँ, फिल्डमा एम्बुलेन्स तैनाथ छ, अस्पतालमा आईसोलेसन वार्डहरु तयारी अवस्थामा राखिएको छ। हालसम्म यो नाकाबाट कुनै व्यक्तिमा कोरोना संक्रमिता देखिएको छैन’, उनले भने।

नेपाल तर्फ पनि माघ १५ गतेदेखि सिद्धार्थनगर नगरपालिकाको संयोजनमा नेपाल भारत सीमा वेलहियामा हेल्थ डेस्क स्थापना गरी विदेशी पर्यटकको स्वास्थ्य चेकजाँच भैरहेको छ।

अहिलेसम्म ३ हजार विदेशी नागरिकको चेकजाँच गरेपनि हालसम्म कोरोनाको संक्रमण देखिएको छैन। नेपाल तर्फ पनि जिल्ला अस्पताल भीममा पनि आईसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।

पर्यटक घट्दो, शनिबार आए १३ जना मात्र
भारत सरकारले स्थलमार्गबाट आउने सबै नागरिककलाई शुक्रबारदेखि नै नेपाल प्रवेशमा रोक लगाएसँगै नेपाल आउने पर्यटकको संख्या पनि ह्वात्तै घटेको छ। कोरोनाको त्रास बढे संगै दैनिक रुपमा घट्दै गएको पर्यटक आगमन शुक्रबार पनि घटेको छ। अध्यागमन कार्यालय भैरहवाबाट शुक्रबार ३३ जना पर्यटक नेपाल प्रवेश गरेका छन्, भने २० जना पर्यटक नेपालबाट बाहिरीएका छन। शनिबार समाचार तयार पार्दासम्म १३ जना पर्यटकले मात्र प्रवेशाज्ञा लिएको अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले जानकारी दिए।

भारत तर्फबाट नेपाल जाने पर्यटकलाई भने अध्यागमन कार्यालय सुनौलीले सहज रुपमा जान दिए पनि अध्यागमन कार्यालय भैरहवामा पर्यटकको आगमन न्यून छ। शनिबार अष्ट्रेलियाबाट पोखरा भ्रमणका लागी आएका डिग्गी स्यामुएलले पहिलाको भ्रमण भन्दा यो भ्रमणमा असहज भएको प्रतिक्रिया दिए। चारै तर्फ कोरोनाको त्रास रहेको र आवश्यकता भन्दा बढी चेकजाँच भैरहेको उनले गुनासो गरे।

तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध
अध्यागन कार्यालय रुपन्देहीले शनिबार राती १२ बजेपछि प्रवेशाज्ञा नदिने भएको छ। अध्यागमन विभागले गरेको परिपत्र अनुसार ३० अप्रिल २०२० सम्मको लागिआगमन बिन्दुबाट दिँदै आएको प्रवेशाज्ञा नदिने भएको हो। मार्च १० बाट चीन, इरान, इटली, कोरिया र जापानमा रोक लगाएको विभागले मार्च १३ बाट थप ३ देश फ्रान्स, जर्मनी र स्पेनको प्रवेशमा रोक लागएको थियो।

विभागले शुक्रबार जारी गरेको संसोधित सूचनाको आधारमा शनिबार मध्यरातबाट भारत बाहेकका सबै देशको अनएराइभल भिसा बन्द गरिने अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले जानकारी दिए। तर सम्बन्धित मिशनहरुबाट प्रवेशाज्ञा लिई कोरोना संक्रमण नभएको प्रमाणसहित त्रिभुवन बिमानस्थलबाट भने पर्यटकहरुले नेपाल आउन सक्ने छन्।

 

 

प्रकाशित: १ चैत्र २०७६ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App