१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पृथ्वीनारायण शाहसम्बन्धी अशुद्धि

काठमाडौँबाट नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा प्रकाशित वि.सं. २०७५ पौष २७ गतेको अन्नपूर्ण पोस्ट् १७ वर्ष २५० अङ्कको ७ पृष्ठमा छापिएको अर्जुननरसिंह केसीको एकता दिवसको अपहेलना भन्ने लेखमा वि. सं. १८३२ को मंसिर मध्यतिर पृथ्वीनारायण नुवाकोट दरबारमा बिरामी परे, स्वास्थ्य झन्झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो, नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सातबजे उनको निधन भयो भनी लेखिएको छ।

वि. सं. १८३२ पौष २७ गते पृथ्वीनारायण शाहको मृत्यु भयो भनी यहाँ लेखिएको छ। वि. सं. १७७९ पौष २७ गते जन्मेका पृथ्वीनारायण शाहको वि. सं. १८३१ माघ १ गते मृत्यु भयो। यो कुरा प्रसिद्धै छ। ललितपुरबाट जगदम्बाप्रकाशनद्वारा वि.सं. २०२५ मा प्रकाशित नयराज पन्त,  देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ३८८–३९०, ४९८, ५०१, ५३७, ९२३–९२५ पृष्ठमा, काठमाडौँबाट संशोधन–मण्डलद्वारा वि. सं. २०२८ मा प्रकाशित पूर्णिमा २५ पूर्णाङ्कका ६१–६६ पृष्ठमा छापिएको हाम्रो वक्तव्यमा, काठमाडौँबाट साझाप्रकाशनद्वारा वि. सं. २०३८ मा प्रकाशित दिनेशराज पन्तको नेपालको इतिहासका केही पानाको ४८ पृष्ठमा, काठमाडौँबाट दिनेशराज पन्तद्वारा वि. सं. २०४१ मा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास (पहिलो भाग)को २४६ पृष्ठमा, काठमाडौँबाट दिनेशराज पन्तद्वारा वि. सं. २०४५ मा प्रकाशित।

दिनेशराज पन्तको गोरखाको इतिहास (तेस्रो भाग) का ८२१–८२३ पृष्ठमा, काठमाडौँबाट साझाप्रकाशनद्वारा वि. सं. २०४९ मा प्रकाशित दिनेशराज पन्तको बुद्धदेखि पहलमानसम्मका ५५, ८७, ९७ पृष्ठमा, ललितपुरबाट साझाप्रकाशनद्वारा वि.सं. २०५८ मा प्रकाशित दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको विषयमा केही कुराका ९, १९, ७१–७२, ८६, ९३ पृष्ठमा, काठमाडौँबाट खिलशर्म–राजीव लोचन जोशी स्मारक प्रतिष्ठानद्वारा वि. सं. २०६४ मा प्रकाशित दिनेशराज पन्तको राजज्योतिषी लीलानाथ पाँडेले तयार पारेको तिथ्यावलीको १३ पृष्ठमा, काठमाडौँबाट खिलशर्म–राजीव लोचन जोशी स्मारक प्रतिष्ठानद्वारा वि. सं. २०६५ मा प्रकाशित दिनेशराज पन्तको संक्षिप्त वंशावलीको ८० पृष्ठमा, काठमाडौँबाट खिलशर्म–राजीव लोचन जोशी स्मारक प्रतिष्ठानद्वारा वि. सं. २०६७ मा प्रकाशित दिनेशराज पन्तको महामण्डलदेखि काँगडासम्मका १४, ३७, ८३ पृष्ठमा  तथा काठमाडौँबाट मञ्जरी पब्लिकेशनद्वारा वि. सं. २०७३ मा प्रकाशित दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनीका ५९, ६९ पृष्ठमा पनि यस विषयमा सप्रमाण लेखिएको छ। यस कारण अन्नपूर्ण पोस्ट्मा लेखिएको कुरा अशुद्ध हो भन्ने स्पष्ट छ। 

प्रकाशित: १ चैत्र २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App