१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लोक गायक प्रकाश कटुवाल पुर्पक्षका लागि थुनामा

दुलेगौँडा(तनहुँ)- होटल व्यवसायीमाथि आक्रमण गरेको आरोप लागेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत तनहुँले शुक्रबार कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत फागृुन २ गते बेलुका कटुवालसहित दुई जनाले होटल डाँफे डुम्रेका सञ्चालक लालकाजी गुरुङमाथि आक्रमण गरेका थिए। व्यवसायी गुरुङकी छोरी सोनिकाले फागुन ५ मा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि प्रकाउ गरेको प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए। 

‘काठमाडौँबाट पोखरा जाने क्रममा कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी वान्ता गरेपछि सामान्य भनाभन भएको रैछ’, उनले भने, ‘सामान्य भनाभनले झगडाको रुप लिँदा सोही दिन बेलुका गुरुङलाई गायक कटुवालसहित दुई जनाले आक्रमण गरेका थिए।’

रडले प्रहार गर्दा व्यवसायी गुरुङको टाउको चोट लागेको थियो। गुरुङलाई तीन दिन पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरेपछि थप उपचारको लागि अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौँ लगिएकोमा १३ दिनको उपचारपश्चात् डिस्चार्ज भएर आराम गरिरहेका छन्।

कटुवालसंगै आक्रमणमा संग्लन पोखरा महानगरपालिका–२४ पामे घर भई हाल जिरोकिलोमिटर पोखरा बस्ने राजिन बिक फरार रहेको सिलवालले बताए। फरार उनको खोजी भईरहेको छ।

गायक कटुवालले चार वर्ष अगाडीको तीजमा ‘ढाडे बिरालो’ बोलको गीत बजारमा ल्याएर चर्चामा आएको थिए। दुईअर्थी शब्दका कारण उक्त गीतको सर्वत्र आलोचना भयोे। त्यसपछि फेरी उनी गत भदौ दोस्रो साता अष्ट्रेलियाबाट कार्यक्रम सकेर फर्कने क्रममा नायिका प्रियंका कार्कीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै मिडियामा आएपछि पुनः चर्चामा रहे।

कटुवालले ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्को’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’, ‘छेकन जामाले’  लगायतका गीत गाएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७६ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App