१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राजर्षि जनक कप फूटबल, सुदूरपश्चिम सेमिफाइनलमा

सर्लाही - एनआरटी क्लब, काठमाडौंलाई २–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको ११औं मिनेटमा सुदूरपश्चिमका विकास लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अत्यन्त प्रतिस्पर्धात्मक  खेलको ४२औं मिनेटमा एनआरटीका दर्शन गुरुङले गोल गर्दै खेललाई बराबरीमा पु-याए।

खेलको ५३औं मिनेटमा सुदूरपश्चिमका फिलिप तामाङले गोल गरे। तामाङको गोल नै सुदूरपश्चिमको. जितका लागि निर्णायक बन्यो। सोमबारको खेलमा सुदूरपश्चिमका फिलिप तामाङ म्यान अफ दी म्याच घोषित भए। तामाङले ट्रफीसहित नगद १० हजार तथा एकजोर बुटसमेत प्राप्त गरे।

खेलमा दुवै टोलीका तर्फबाट पटकपटक पोस्ट आक्रमण भएको थियो। तथापि ती आक्रमण गोलमा परिणत हुन सकेनन्। अन्तिममा थपिएको ५ मिनेटभित्र एनआरटी निकै आक्रामक बनेको थियो। उसले आक्रमण गरे पनि निर्धारित समयमा बराबरी गर्न सकेन।

अब सुदूरपश्चिमले फाइनल यात्राका लागि नेपाल पुलिस क्लब र ब्वाइज युनियन क्लबबीच हुने खेलको विजेतासँग भिड्नुपर्नेछ। मंंगलबार आयोजक बागमती नगरपालिका रातो र भारतको सिक्किमस्थित कञ्चनजंघा फुटबल क्लबबीच खेल हुने आयोजक समितिका दीपक लामाले जानकारी दिए।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App