१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नव जनजागृतिविरुद्ध पुलिसको कठिन जीत

सर्लाही – बागमतीमा जारी चौथो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले नव जनजागृति युवा क्लब सिमरा बारालाई १–० गोलले पराजित गरेको छ । जीतसँगै पुलिस प्रतियोगिताको क्वाटरफाईनल चरणमा प्रवेश गरेको हो ।

खेल सुरु भएको एक मिनेटमा पुलिसका जर्सी नं.१ का राम वाजीले गोल गरे । जर्सी नं.६ का रविन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई सुन्दर हेड मार्फत वाजीले सिमराको जाली चुमाएका थिए । वाजीले गरेको गोल नै पुलिसको जीतका लागि निर्णायक बन्यो ।

खेल अवधीभर राम्रो फिनिसिङका साथ साथिलाई बल मिलाईदिएका एवं वाजीले गोल गरेको कर्नर प्रहार गर्ने जर्सी नं. ६ का रविन श्रेष्ठलाई म्यान अफ दि म्याच घोषित गरियो । श्रेष्ठलाई बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले ट्रफिसहित नगद १० हजार एवं एकजोर बुट प्रदान गरिन् । खेलको ६९ औं मिनेटमा पुलिसका कप्तान जुमानु राई घाईते भई मैदान बाहिरिएपछि म्यान अफ दि म्याच घोषित पूर्व राष्ट्रिय खेलाडी श्रेष्ठले कप्तानी सम्हालेका थिए ।

सिमराविरुद्ध जीत हासिल गर्न ए डिभिजनको पुलिस क्लबलाई हम्मे हम्मे परेको थियो । पुलिसका दोस्रो रोजाईका खेलाडीहरु मैदानमा उत्रिएका कारण उसलाई सहज जीत हात पार्न कठिन भएको हो ।
सर्लाही निवासी राष्ट्रिय टोलीका पूर्व खेलाडी राईको कप्तानीमा मैदानमा उत्रिएको पुलिसले आधा दर्जन बढी गोलपोष्ट आक्रमण गरेपनि सिमराका गोलकिपर सुवास बलले विफल तुल्याएका थिए ।
यता सिमराले भने गोलपोष्ट आक्रमण नै गर्न सकेन । पुलिसको आक्रमक प्रस्तुतीका कारण सिमराका खेलाडी रक्षात्मक बनेका थिए ।

अब पुलिसले सेमिफाईनल यात्राका लागि आगामी फागुन २८ गते बुधबार यसअघि उद्घाटन खेलमा आयोजक बागमती युवा क्लबलाई हराएको ब्वाईज युनियन क्लब काठमाडौंको सामना गर्नुपर्नेछ । आईतबार सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब काठमाडौं र जावलाखेल युथ क्लब ललितपुरबीच खेल हुने आयोजक समितिका संयोजक दिपक लामाले जानकारी दिए ।

 

प्रकाशित: २४ फाल्गुन २०७६ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App