८ वैशाख २०८१ शनिबार
खेल

अर्सक स्पोटर्स क्लब बाङलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी

भैरहवा- भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा अर्सक स्पोटर्स क्लब बाङलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन्।

पहिलो खेलमा टस जितेर व्याटिङ रोजेको अर्सक स्पोटर्स क्लबले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४३ रनले पराजित गर्‍यो। अर्सकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको  थियो। १ सय २४ रनको लक्ष्य पाएको बेस्टर्नले १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै लक्ष्य पार गर्न सकेन। जितका लागि अर्सकका अलि समदले सर्वाधिक ४८,  ओश्कर कोल्कले २० र हमिद अहमदजाईले १५ रनको योग्दान गरे। बलिङतर्फ बेस्टर्नका कृष्ण कार्की हरजीत सिंहले २/२, बिक्रम एसओबी, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए।

जवाफमा खेलेको बेस्टर्नका प्रदिप एैरीले सार्वधिक २३, सुमित महर्जनले ११ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ अर्सकका अलि समदले ३, मोहम्मद सज्जाद हुसैन ले २ र निकोलश विलशन, ओश्कार कोल्क र मन्नान चाउलाले १/१ विकेट लिए।

आइतबार नै सम्पन्न दोस्रो खेलमा शंकरनगर क्रिकेट क्लबले गुजरात लायन्स पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ। टस जितेर ब्यटिङ रोजेको गुजरातले १८ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ९३ रन बनाएको थियो। ९४ रनको लक्ष्य पाएको शंकरनगरले १२ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पार गरी जित हात पार्‍यो। जसका लागि शंकर रानाले सार्वधिक सार्वधिक नटआउट ३७, देव खनालले नटआउट २३ र सन्दिप सुनारले १६रनको योग्दान गर्‍यो। बालिङमा गुजरातका मजिद इलियासले १ विकेट मात्र लिन सके।

गुजरातको तर्फबाट जाफर जम्सेदले २५, शयद इशरार शाहले २१ र द्वय बकर अजिम, इलियास जाजाले १२ रन बनाए पनि टिमले जित हासिल गर्न सकेन। बलिङतर्फ शंकरनगरका बिक्रम भुसालले ३, अनिल खरेल, सन्दिप सुनार दुर्गेश गुप्ताले २/२ र सुरज दरईले एक विकेट लिए। पहिलो खेलमा अर्सकका अलि समद  र दोस्रो खेलमा शंकरनगरका विक्रम भुसाल म्यान अफ दी म्याच भए।

भैरहवा क्विन्स प्रालिको आयोजना र राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बाङ्लादेश र पाकिस्तानका ८ वटा व्यवसायिक क्लबले प्रतिस्पर्धा गर्दै छन्।

सोमबारको पहिलो सराह क्रिकेट क्लब चेन्नई र राइनोज क्रिकेट क्लब काठमाडौबीच र दोस्रो खेल अल्फा वरियर्स मुम्बई र बेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।
प्रतियोगितको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउने छ।

 

प्रकाशित: १८ फाल्गुन २०७६ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App