१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इन्जिनियरहरुलाई घुस नखान निर्देशन

भक्तपुर- दैनिक मिडियाहरुमा इन्जिनियरहरुले घुस खाएर पक्राउ परेको समाचार आइरहेको भन्दै एक कार्यक्रमका सहभागी वक्ताहरुले इन्जिनियरहरुलाई घुस नखान निर्देशन दिएका छन्। घुस नखाइ इमान्दारिताका साथ काम गर्न उनीहरुले इन्जिनियरहरुलाई निर्देशन दिए।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्ययन पूरा गरी विदाई भएका इन्जिनियर विद्यार्थीलाई शुक्रबार गरेको विदाई कार्यक्रममा वक्ताहरुले निरन्तरको मेहनत र परिश्रमपछि इन्जिनियरहरुले पैसा कमाउन सकिने बताए। कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले चाँंडो पैसा कमाउने कुनियत राखेर आफनो र कलेजको वदनाम नगर्न विद्यार्थीलाई निर्देशन दिए।

कलेजको सिभिल इन्जिनियरिंङ र आर्किटेक्ट इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा भएको विदाई कार्यक्रममा उनले निरन्तरको मेहनत र परिश्रमपछि इन्जिनियरिग क्षेत्रका विद्यार्थीलाई पैसा कमाउन कुनै कठिनाई नभएको अुनभव साटे। ‘पहिला निरन्तर मेहनत र परिश्रम गर्नुस् पछि तपाई पैसाको होइन, पैसा तपाईको पछाडि आउनेछ, उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, त्यसकारण राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नुस्।’

मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न उनले विद्यार्थीलाई निर्देशन दिए। प्राजेक्टहरु पछि लाग्न थालेपछि पैसा विस्तारै आफनो पछि लाग्न थाल्ने उदाहरण उनले दिए। उनले मेहनत र परिश्रमको विकल्प मेहनत र परिश्रम नै मात्रै रहेको बताए।

कार्यक्रममा कलेजबाट विदा भएका सवैजना विद्यार्थीलाई प्राचार्य प्राडा श्रेष्ठ, सहायक प्राचार्य दीपक धामी, एकेडेमिक ओअर्डिनेटर मोहनध्वज केसी, सिभिल विभाग प्रमुख दीव्यश्री लोहणी, आर्किटेक्चर विभाग प्रमुख नसला सायमी, कार्यक्रम संयोजक रघुनाथ प्रजापतिलगायतले टिका, अविर, खादालगाइदिएर विदाइ गरिएको थियो। कलेजका कुल एक सय ८९ जना विद्यार्थीलाई विदाई गरिएको हो। कलेजमा चार वर्षे सिभिल इन्जिनियर पूरा गरेका एक सय ४४ जना र पाँंचवर्षे आर्किटेक्ट इन्जिनियरिंङको पढाई पूरा गरेका ४५ गरी कुल एक सय ८९ जना इन्जिनियरिंङको अध्ययन पूरा गरेका विद्यार्थीको विदाइ गरिएको हो।

कार्यक्रममा सिभिलतर्फको प्रोग्राम टपर मिलन अधिकारी, आर्किटेक्चरतर्फको प्रोग्राम टपर आरजु झा, गोल्ड अवार्ड मिलन अधिकारीलाई पुरस्कृत गरिएको थियो। साथै कार्यक्रममा तीन जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो।

 

प्रकाशित: १६ फाल्गुन २०७६ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App