१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विजुक्छेंको आरोप : 'सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा'

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको समेत बताए।     

भक्तपुरस्थित बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष रोहितले सूचना मन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिचार राखे। अध्यक्ष रोहितले भने, 'हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ।’

उनले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै अन्यत्र भए मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिदैनथ्यो भने। उनले भने, ‘नेपाली काङ्ग्रेस लाग्छ, आफ्ना मन्त्री पनि त्यस्तै थिए।’ पदमा पुगेपछि नेताहरूमा सत्तामात चढ्ने भएकोले प्रतिपक्षको व्यवस्था गरिएको तर प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको उनको भनाई छ।

उनले प्रधानमन्त्री ओलीको घरमा गरिने जन्मदिनमा गरिएको कार्यशैली उपयुक्त नभएको बिचार राखे। उनले भने,
‘प्रमको उपचार विदेशी चिकित्सकबाट हुनुहुँदैन।’ नेपालमै राम्रो अस्पताल आवश्यक भएको अध्यक्ष रोहितको कथन थियो।

समारोहमा प्रमुख अतिथि रोहितले विद्यालयमा २५ वर्ष र १५ वर्षसम्म सेवा गर्ने शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान गरेका थिए। त्यस्तै अतिथिहरूले अन्तर विद्यालयस्तरीय विभिन्न प्रतियोगिता र विद्यालयका आन्तरिक प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलगायत विभिन्न आन्तरिक प्रतियोगितामा सफललाई अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।

वार्षिकोत्सकै अवसरमा शुुक्रबार साँझसम्म गीत, नृत्य, नाटकहरू प्रदर्शन गरिएको थियो। यसै अवसरमा विद्यालयले शैक्षिक प्रदर्शनी पनि गरेको हो।

 

प्रकाशित: १६ फाल्गुन २०७६ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App