१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्स्पेक्टरद्वारा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार

ललितपुर- ललितपुरको भैसेपाटिस्थित एक इन्स्पेक्टरले बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेका छन्। महानगरिय प्रहरी प्रभाग बुंगमतीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेर एक पूर्व कर्नेलको घरमा आएकी महिलालाई लाठी प्रहार गरेका हुन्।

दिउँसो भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरभित्र ती महिला प्रवेश गर्न खोजेकी थिइन्। त्यही बहानामा प्रहरीले लाठी प्रहार गरेको पीडितको भनाइ छ। महिलाले खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको र आफूलाई श्रीमती नस्वीकारेको भन्दै त्यहाँ आएकी थिइन्। ‘महिला जवरजस्ती अर्काको घरमा पस्न खोजीन्, हामीले हटाउन खोजेका हौं, लाठी प्रहार गर्ने पौडेलले भने।

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका थिए।  होहल्ला र चिच्यान थालेपछी प्रहरीले ४ जना महिलालाई नियन्त्रणमा लिएको बताइएको छ। महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले यसबारे सोधपुछ गर्ने बताइन्। उनले महिलाहरूको समूहले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको दाबी गरिन्।

प्रकाशित: १६ फाल्गुन २०७६ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App