१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरका दुई लोकमार्गमा ‘टाईमकार्ड’ लागू

टाईम कार्ड वितरण कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरको दुई सडकमा बुधबारदेखि ‘टाईम कार्ड’ लागू गरिएको छ। सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरीले सगरमाथाले लोकमार्गको गाईघाट–कदमाहा खण्ड र सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी–घुर्मी खण्डमा टाईम कार्ड लागू गरेको हो।

बुधबार गाईघाट बसपार्कमा आयोजित एक कार्यक्रममार्पmत ट्राफिक प्रहरी प्रदेश १ का प्रमुख एसपी भिमबहादुर दाहाल, त्रियुगा नगरप्रमुख बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले औपचारिक रुपमा टाईम कार्ड वितरण गरे। सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले भाडाका सवारी तथा टिपरमा टाइम कार्ड लागू गरेको जनाएको छ।

टाईम कार्ड वितरण गर्दै एसपी दाहालले प्रदेशका मुख्य जिल्लाहरु सुनसरी, मोरङ र झापामा यसअघि नै टाइम कार्ड लागू गरिसकेको बताउँदै उदयपुरमा पनि सडक सञ्जाल विस्तार र सवारी साधनको चाप अत्याधिक बढेको पाइएकाले संभावित दुर्घटना न्यून गर्न टाइम कार्ड लागू गरिएको बताए। एसपी दाहालले पछिल्लो समय दुर्घटनाको प्रकृति हेर्दा तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको पाइएको भन्दै अधिकतर घटना लोकमार्ग (हाइवे)हरुमा प्रतिस्पर्धात्मक हकाईले हुने गरेको पाइएको बताए।

उदयपुरमा ७ महिनाको अवधिमा २ सय ७ जना सडक दुर्घनामा परेको र २४ जनाले ज्यान गुमाएको बताउदै दाहालले दुर्घटनाका कारणमा सडक शुसासनको कमजोर अवस्था तथा यसलाई सुरक्षित गर्ने उपाय नहुनु भएको बताए। टाइम कार्डको माध्यामबाट सुरक्षित यात्रा गराउन खोज्नु नै ट्राफिकको मूल उद्देश्य रहेको भन्दै यसको उपयोग गर्न चालकहरुलाई आग्रह गरे।

कर्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले यातायात व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्दै आएको बताउदै बढ्दो सहरीकरण र अव्यवस्थित सडकको व्यवस्थापन गरी सुरक्षित यात्रा गराउन टाईम कार्डले सहयोग गर्ने अपेक्षा गरे।

प्रमुख जिल्ला अधिकारी ध्रुर्वबहादुर खड्काले सरकार यातायात व्यवसायी र यात्रुमैत्री भएको बताउँदै व्यवसायी र यात्रुकै सहजताका निम्ति टाईम कार्ड लागू गरिएको र बिभिन्न ऐन नियम निर्माण गरिदै आएको बताए।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले हतारको यात्रा नै दुर्घटनाको मुख्य कारयण भएको भन्दै विस्तारै यात्रा गरेर सुरक्षित गन्तव्य पहिल्याउनुपर्ने बताए। कार्यक्रममा हिमाली यातायात व्यवसायी केन्द्रका प्रतिनिधि प्रमेश्वर घिमिरेले नेपालका सडकहरु यात्रु र व्यवसायीमैत्री नभएको बताउँदै यात्रु, चालक, व्यवसायी सबैमा चेतना अभावले सडक दुर्घटना बारम्बार दोहोरिदै आएको भन्दै तीव्र गतिको हँकाई, यात्रुको बाटो काट्ने शैली र व्यवसायीको सवारीप्रतिको बेवास्ताले दुर्घटना बढ्ने गरेको बताए। उनले टाइम कार्डको पूर्ण पालना गर्न व्यवसायीहरु प्रतिबद्ध रहेको पनि बताए ।

 

प्रकाशित: १४ फाल्गुन २०७६ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App