१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भारतका थेन्डुपको अग्रता

चेस प्रतियोगितामा अग्रस्थानमा रहेका थेन्डुप बोर्डमा खेल्दै। तस्बिर: खगेन्द्र/नागरिक।

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी पाथीभरा अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको पाँचौ र छैटौं चरणको खेल सम्पन्न हुँदा भारतका थेन्डुप तामाङले एकल अग्रता लिएका छन्। ५.५ अंक हात पारेका थेन्डुपले रोचक खेलमा भारतकै ऋषभ निसादमाथि जित हात पारे भने छैटौँ चरणको खेलमा भारतकै राघव श्रीवास्तवसँग बराबरी खेले।

त्यसै गरी नेपालका सुमित पन्त,  नेपालका पूर्वच्याम्पियनहरू बद्रीलाल नेपाली, भूपेन्द निरौला र शूरवीर लामा ५ अंकका साथ संयुक्त दोस्रो स्थानमा  छन्। चौथो चरणको खेलसम्म भारतीय खेलाडीसहित शीर्ष स्थानमा रहेका सुमितले मंगलबार दुवै खेलमा बराबरी खेले। उनले पाचौं चरणको खेलमा भारतका राघव श्रीवास्तव र छैटौं चरणको खेलमा शूरवीर लामासँग बराबरी खेलेर अंक बाँडेका थिए। तीन पटकका नेपाल च्याम्पियन बद्रीलालले मंगलबार उत्कृष्ट प्रदर्शन गरी दुवै खेलमा सफलता हात पारे। उनले पाँचाैं चरणको खेलमा धरानका राजेन्द्र राईलाई स्तब्ध पारे। छैटौं चरणको खेलमा भने  झापाका प्रकाश नेपालमाथि निकै कठिन जित हात पारे।

शूरवीरका लागि मंगलबारको दिन राम्रो रह्यो। उनले पाँचौं चरणको खेलमा प्रतियोगिताका उच्च वरीयता भारतीय खेलाडी हरिश शर्मालाई पन्छाउन सफल भए। भूपेन्द्रले पनि मंगलबार राम्रो प्रर्दशन गर्दै पाँचाैं र छैटौं चरणको खेलमा क्रमशः काभ्रेका हरिचन्द्र चौलागाइ र झापाकै सहकर्मी राजन सुवेदीलाई पराजित गरे। राघव श्रीवास्तवको पनि समान ५ अंक नै रहेको छ। उनले दुवै खेल बराबरीमा टुंङ्ग्याएका थिए।  प्रतियोगितामा मकवानपुरका कृष्ण थापा, भारतका रिषभ निसाद, राकेश गुरुङ, झापाका विजय मगर, भोजपुरका सुमन राई ४.५ अंकसहित तेस्रो स्थानमा रहेका छन्। ताप्लेजुङ बुद्धिचाल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत वुधवार सातौं र आठौं चरणका खेल हुनेछन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App