१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुपन्देहीमा महिनापिच्छे उत्कृष्ट प्रहरी अवार्ड

माघ महिनाको उत्कृष्ट प्रहरी जवान नारायण खत्रीलाई सम्मान गर्दै एसपी हेमकुमार थापा ।

भैरहवा- रुपन्देही जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि असईसम्मका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले महिनापिच्छे पुरस्कृत गर्दै आएको छ। प्रहरी उपरिक्षक हेमकुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिन लागिएको हो।

रुपन्देही प्रहरीले माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी जवान नारायण खत्रीलाई सम्मान गरेको छ। प्रहरी चौकी कालीदहमा कार्यरत खत्रीलाई उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम एवं अपराध नियन्त्रण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी प्रहरी संगठनको छवि उच्च बनाउन अहम भूमिका खेलेकोमा उच्च मूल्याङ्कन गर्दै माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा नगदसहित सम्मान गरिएको हो।

प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा आएलगत्तै असोजबाट सुरुवात गरिएको सो सम्मानबाट खत्रीसहित ५ जना प्रहरी सम्मानित भएका छन्। असोज महिनामा इलाका प्रहरी कार्यालय बुटवलका असई नुराराज सारु, कार्तिक महिनामा प्रहरी चौकी श्रवण पथका प्रहरी जवान भोजराज गौतम, मंसिर महिनामा प्रहरी चौकी ओडवलियाका असई जीतेन्द्र राय यादव, पुस महिनामा इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी हवलदार कृष्ण सिंगोली सम्मानित भएका छन्। प्रहरीको निर्देशन अनुरुप आफूलाई दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पूरा गरेकोमा उनीहरुलाई सम्मानित गरिएको प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताए।

सधै गलत गर्नेलाई प्रहरीलाई कारबाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भनेर प्रोत्साहन स्वरुप यो अवार्ड सुरु गरेको हो। ठूलो परिमाणमा लागुऔषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पुर्‍याउने उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरेका छौ।

'प्रहरीको कदर स्वरुप प्रदेश ५ को रुपन्देहीमा असोज महिनाबाट यो एवार्डको सुरुवात भएको छ, प्रहरी प्रमुख हेम कुमार थापाले नागरिक न्युजलाई बताए। अवार्ड सुरुवात गरेसँगै रुपन्देही प्रहरीमा धेरै परिवर्तन आएको छ। 'प्रहरीबीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढेको र चेकजाचहरु दुरुस्त हिसाबले भएको छ भने सबै प्रहरी सूचनामा पनि अपडेट भएको पाएका छौ यसले सकारात्मक उर्जा मिलेको छ,' थापाले भने।

सर्वोत्कृष्ट हुने प्रहरीलाई नगदसहित पुरस्कृत गरी फोटोसहित उत्कृष्ट कार्यको विवरण कार्यालय परिसरमा सबैले देखिने गरी अर्को एवार्ड नहुुाँसम्म राखिदै आएको छ। अवार्ड पाएका प्रहरीलाई बढुवा र पदोन्नतीमा सहयोगसमेत हुनेछ।
 

प्रकाशित: १३ फाल्गुन २०७६ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App