१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाथीभरा म्याराथन सुरु

ताप्लेजुङ - पाथीभरा म्याराथन सुरु भएको छ। खुल्लामा ताप्लेजुङको फुङ्लिङबाट पाथीभरा डाँडासम्म र महिला हाफ म्याराथनतर्फ फुङ्लिङबाट काफ्लेपाटीसम्म पुगेर फुङ्लिङसम्म फर्कने गरी म्याराथन सुरु भएको हो। म्याराथनको संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको उद्घाटन गरेका छन्।  उनले एक दशक बढी अवधिको इतिहास बोकेको पाथीभरा म्याराथन प्रति देखिएकोे उत्साह र उमंगको सरकारले सम्मान गर्ने बताए। पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव नेपाल भ्रमण बर्षसंग गाँसिएर आएको भन्दै मन्त्री भट्टराईले सफलताको शुभकामना समेत दिए।

 फुङ्लिङ पाथीभरा चोकबाट सुरु भई फुङ्लिङ नगर परिक्रमा पछि ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिर पुगेर तोक्मेस्थित भीमकाली गुल्मको खेल मैदान आइपुग्दा खुल्ला म्याराथन दौड पूरा हुनेछ। महिला हाफ म्याराथन भने फुङ्लिङ पाथीभरा चोकबाट सुरु भई फुङ्लिङ नगर परिक्रमापछि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर तोक्मेस्थित भीमकाली गुल्मको खेल मैदान पुगेर पूरा हुनेछ।

खुुल्ला म्याराथनमा तीर्थ तामाङ र बेदबहादुर सुनुवारसहितका ९४ धावक सहभागी भएका छन्। महोत्सव मूल समारोह समितिको सचिवालयका कर्मचारी नवीन निरौलाका अनुसार बेदबहादुर अघिल्लो म्याराथनका बिजेता हुन् भने तीर्थबहादुर पनि पाथीभरा म्याराथनका बिजेता भैसकेका हुन्।

 यसपटक भारत सिक्कीमको दरापका केसाङ्ला भोटियासहित ३ जना,गोरखाका सयुनराज गुरुङ र महाकुलुङ–५ सोलुखुम्बुका सुमन कुलुङ पनि सहभागी हुनेछन्। सुमन निकै राम्रा धावकका गनिन्छन्। यता महिला हाफ म्याराथनतर्फ  त्रिभुवन आर्मीका सरिता बासी,ताप्लेजुङ स्थायी घर भएकी भैरवी दल गण पाँचथरका सरिता बिक,धादिङको छत्रेदेउरालीकी रसिला तामाङ र जुम्लाकी सुनमाया बुढा समेत सहभागी हुने छन्। महिला हाफ म्याराथनमा २३ जना सहभागी छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App