१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बौद्धिक विकासका पुस्तकालय स्थापना गर्नुपर्छः मन्त्री भट्टराई

ताप्लेजुङ - संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिकता विकासक लागि थोरै समय खर्चिने बानीका लागि हरेक पायक पर्ने केन्द्रमा पुस्तकालय स्थापना हुनुपर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हाताभित्र स्थापित समुदाय–प्रहरी पुस्तकालयको सोमबार उद्घाटन गर्दै मन्त्री भट्टराईले बौद्धिक विकासका लागि यस्ता अभियान सार्थक र परिणाममुखी बन्ने बिश्वास लिए।

‘यसले समुदाय र प्रहरी बीचको दुरी समेत नजिक बनाउँछ’उनले भने‘व्यर्थमा समय खेर फाल्नु भन्दा बौद्धिक विकासमा सघाउ पुग्ने पुस्तकहरुको अध्ययनले मनोबल समेत उच्च पार्ने काम गर्छ’। बन्दुक र लौरो बिसाएर एकछिन पुस्तकमा झुम्मिने प्रहरी कर्मचारी र फुर्सद समयमलाई व्यर्थमा खेर नफाली बौद्धिक विकासमा सर्मण गर्ने नागरिकका लागि यो पुस्तकालय कामयावी हुने मन्त्री भट्टराईले बिश्वास लिए।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलले अपराध रोकथाम,बिकृति र बिसंगतिविरुद्ध जनचेतना फैलाउन,सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिबृद्धि गर्न र समग्रमा सामुदायिक सुरक्षा अभिबृद्धिका लगि पुस्तकालय एएटा अभिन्न अंग हुने बताए।

पुस्तकालयमार्फत समुदाय–प्रहरी साझेदारी कार्यको सुरुवात निवर्तमान प्रहरी महानिरीक्षक सवेन्द्र खनालको सकृयतामा २०७५ साल कात्तिक ११ गतेबाट सुरु भएको हो। नेपालमा ७७ वटै जिल्ला प्रहरी कार्यालयमा यस्तो पुस्तकालय स्थापनाका कार्यहरु भईरहेका छन्।

जिल्ला प्रहहरी कार्यालयमा प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार पुस्तकालयमा अहिले कानुन, कला, साहित्य, चिन्तन, धार्मिक, ऐतिहासिक तथा अंग्रेजी भाषाका गरी १ हजार ८७५ थान पुस्तक रहेका छन्। ति मध्ये १ हजार ५७५ थान अभिलेख गरी राखिएका र ३ सय थान पुस्तक,दस्तावेज तथा प्रहरी बुलेटिन रहेका छन्। ४ लाख ५५ हजार ६३९ रुपैयाँ बराबरका लगानीमा पुस्तक खरिद गरी पुस्तकालय सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 पुस्तकालय सञ्चालनका लागि मन्त्री भट्टराईको पहलमा नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले सबैभन्दा बढी ३ लाख रुपैंयाँ उपलब्ध गराएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७६ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App